दुई वर्षभित्र देशभर बिजुली पुर्‍याउने सरकारको लक्ष्य

सरकारले आगामी दुई वर्षभित्र सबै स्थानीय तहमा बिजुली सुविधा पुर्‍याउने लक्ष्य सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममार्फत् उत्पादन प्रसारण तथा वितरण आयोजनाहरुका लागि लगानी वृद्धि गरि दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने सरकारी लक्ष्य सार्वजनिक गरिएको हो ।

सम्बन्धित सामग्री

सरकारको लक्ष्य आगामी एसईईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउने

प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १० को आउँदो एसईई परीक्षामा ७० प्रतिशतसम्म विद्यार्थी उत्तीर्ण हुने गरी देशभर

सरकारको लक्ष्य आगामी एसईईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउने

प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १० को आउँदो एसईई परीक्षामा ७० प्रतिशतसम्म विद्यार्थी उत्तीर्ण हुने गरी देशभर

कृषियोग्य जमिनमा सिँचाइ पुर्‍याउने सरकारको लक्ष्य

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सिँचाइ मन्त्रालयसँग समन्वय गरी आगामी आर्थिक वर्षमा १५ हजार पाँच सय हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य लिएको छ । सरकारले यो कुरालाई नीति तथा कार्यक्रममा समावेश गरेको छ । देशभर ४१ लाख हेक्टर कृषियोग्य जमिन भए पनि हालसम्म पाँच लाख हेक्टरमा मात्र सिँचाइको पहुँच रहेको छ । आगामी आवमा १५ हजार पाँच सय हेक्टरमा सिँचाइ पुर्‍याउने लक्ष्य रहेको कृषि मन्त्रालयले जनाएको छ । कृषि मन्त्रालयले सिँचाइ र कृषिका कार्यक्रममा सामाञ्‍जस्यता कायम गरी सिञ्‍िचत क्षेत्रमा सघन कृषि प्रसार सेवा प्रदान गरिने जनाएको छ ।

दुई वर्षभित्र देशभर बिजुली पुर्‍याउने सरकारको लक्ष्य

सरकारले आगामी दुई वर्षभित्र सबै स्थानीय तहमा बिजुली सुविधा पुर्‍याउने लक्ष्य सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममार्फत् उत्पादन प्रसारण तथा वितरण आयोजनाहरुका लागि लगानी वृद्धि गरि दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने सरकारी लक्ष्य सार्वजनिक गरिएको हो ।

बालबालिकालाई टाइफाइड विरुद्धको खाेप दिन आजदेखि विद्यालयमै खाेपकेन्द्र

काठमाण्डाै - १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिन आजदेखि राष्ट्रिय अभियान हुँदैछ । आउँदो वैशाख १८ गतेसम्म हुने अभियानमा १५ महिनादेखि १५ वर्षमुनिका ७४ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने सरकारको लक्ष्य रहेको छ । टाइफाइडविरुद्धको खोप सुरु गर्ने नेपाल दक्षिण एसियामै पहिलो राष्ट्र हो । आजदेखि देशभर ५० हजार केन्द्रबाट खोप दिने तयारी छ । विद्यालयमै समेत खोपकेन्द्र राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आजदेखि राष्ट्रिय अभियान हुँदै भए पनि बालबालिकालाई यसअघि नै खोप दिन सुरु भइसकेक...

रुकुम पश्चिमका पाँच विद्यालयमा पढ्दै, कमाउँदै कार्यक्रम

रुकुम । शीपमूलक र व्यावसायिक शिक्षाको विकासका लागि सरकारले ल्याएको पढ्दै, कमाउँदै कार्यक्रमका लागि रुकुम पश्चिमका पाँच विद्यालय छानिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत जिल्लाका पाँच विद्यालयलाई पढ्दै, कमाउँदै कार्यक्रमको लागि छनोट गरेको हो । जिल्लाको मुसिकोट नगरपालिकाको प्रभात मावि, चौरजहारी नगरपालिकाको हिमालय मावि, आठबिसकोट नगरपालिकाको ज्ञानोदय मावि उक्त कार्यक्रमका लागि छानिएको शिक्षा विकास तथा समन्वय एकाइ रुकुम पश्चिमका प्रमुख ताराप्रकाश पुनले जानकारी दिएका छन् । त्यसैगरी, सानीभेरी गाउँपालिकाको राप्ती ज्ञानोदय मावि र त्रिवेणी गाउँपालिकाको जनप्रिय मावि पढ्दै, कमाउँदै कार्यक्रमको लागि छानिएका हुन् । छानिएका विद्यालयमध्ये हिमालय माविमा माछापालन कार्यक्रम स्वीकृत भएको छ । अन्य सबै विद्यालयमा कृषि तथा पशुपालन कार्यक्रम परेको छ । यस वर्ष जिल्लाबाट २२ विद्यालय मन्त्रालयमा सिफारिस गरिएको तर पाँचओटा मात्र छनोट भएको कार्यालय प्रमुख पुनले बताए । उनले भने, ‘कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरू यस कार्यक्रममा जोडिनेछन् ।’ यस कार्यक्रममा जोडिएका विद्यार्थीहरूले विद्यालयकै निगरानीमा प्रयोगात्मक कार्य गर्ने र आएको मुनाफा आपसका बाँड्ने काम गर्ने प्रमुख पुनको भनाइ छ । दोपाइस्थित प्रभात माविका प्रधानअध्यापक विजयकुमार ओलीले उक्त कार्यक्रमले विद्यार्थीलाई व्यावसायिकतातर्फ जोड दिने बताए । उनका अनुसार विद्यालयमा अध्ययनबाहेकको समयमा विद्यार्थीलाई व्यावसायिक काममा जोड्ने उद्देश्यले यो कार्यक्रम आएको हो । आफ्नो विद्यालयमा पशुपालनका लागि खोर निर्माण र कृषिका लागि जग्गा लिजमा लिएर उक्त कार्यक्रम कार्यान्वयन गरिने प्रधानअध्यापक ओलीले जानकारी दिए । देशभर पहिलोपटक सञ्चालन हुन लागेको यस कार्यक्रमले व्यावसायिक शिक्षामा जोड दिने बताइएको छ । यसले गर्दा विद्यार्थीमा पढ्ने रहर बढने र पढाइ खर्चको जोहो उनीहरूले नै गर्न सक्ने बनाउने बताइएको छ । शिक्षालाई शीपसँग, शीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडी भविष्यमा उद्यमी, व्यावसायिक शीपयुक्त स्वावलम्बी नागरिक उत्पादन गर्ने लक्ष्यसहित कमाउँदै पढ्दै कार्यक्रम ल्याइएको हो । साधारण र प्राविधिक तथा व्यावसायिक धारका विद्यालयमार्फत आयआर्जनको अवसर प्रदान गरी पढ्दै, कमाउँदै कार्यक्रम सरल, सहज र प्रभावकारी ढंगले कार्यान्वयन गरिने सरकारको लक्ष्य छ ।

२०८० भित्र देशभर विद्युतको पहुँच पुर्‍याउने गरि काम भइरहेको छ: कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वि.सं. २०८० सालभित्र नेपालका सबै जनसङ्ख्यामा विद्युतको पहुँच पुर्‍याउने सरकारको लक्ष्य पुरा गर्नेगरी प्राधिकरणले काम अगाडी बढाएको बताएका छन्।

देशभर एक हजार नमुना विद्यालय बनाउने सरकारको लक्ष्य

काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभर कूल १ हजार नमुना विद्यालय बनाउने लक्ष्य लिएको छ ।