क्रिप्टोलाई नियमनको दायरामा ल्याउने सरकारको संकेत

काठमाडौं । सरकारले क्रिप्टो करेन्सीसम्बन्धी कारोबारलाई नियमनको दायरामा ल्याउने संकेत देखाएको छ । कानूनी मान्यता नपाएको क्रिप्टो करेन्सीका विषयमा विवाद भइरहेको अवस्थामा सरकारले त्यसलाई नियमन गर्ने संकेत देखाएको हो । अर्थमन्त्री जनार्दन शर्माले बिहीवार अर्थ मन्त्रालयमा आर्थिक वर्ष (आव) २०७८/७९ को बजेटको अर्ध वार्षिक समीक्षाको प्रतिवेदन सार्वजनिक गर्ने क्रममा यस्तो संकेत गरेका हुन् । उनले क्रिप्टो करेन्सीलाई नियमन गर्ने बताएका छन् । अर्थमन्त्रीको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘प्रविधिको प्रयोग गरी भइरहेका क्रिप्टो, हाइपर फन्ड, अनलाइन गेमिङलगायत अवैध कारोबार चुनौतीका रूपमा आएको छ । यिनको प्रभावकारी नियमन र अनुगमन गरी वैदेशिक मुद्रा विचलन हुनबाट रोक्न कडाइ गरिनेछ ।’ यसै सन्दर्भमा नेपाल राष्ट्र बैंकलगायत निकायसँग सहकार्य र आवश्यक अनुसन्धान गरिएको उनको भनाइ छ । ‘नयाँ सूचना प्रविधिको विकास मानवका लागि आफैमा एक उपलब्धि हो । तर, हाइपर फन्ड, बेटिङ, गेमिङ, क्रिप्टो करेन्सीलगायत विषय नकारात्मक रूपमा आएका छन् । हाम्रो कानून एकातिर छ, अर्कातिर तिनको कारोबार भइरहेको छ । विभिन्न प्रविधिका माध्यमबाट आज ‘क्यापिटल फ्लाई’ भइरहेको छ,’ अर्थमन्त्री शर्माले भने, ‘त्यसलाई कसरी नियमन/नियन्त्रण गर्ने भनेर हामीले विभिन्न कमिटी निर्माण गरेका छौं । राष्ट्र बैंक र सरोकारवाला निकायहरूको संयुक्त संमूह पनि बनाएर अनुसन्धान प्रारम्भ गरिएको छ । त्यसमा पनि हाम्रो ध्यान केन्द्रित भएको छ ।’ यस विषयमा थप बुझ्न खोज्दा अर्थमन्त्री, मन्त्रीका सचिवालय तथा मन्त्रालयका उच्च पदस्थ अधिकारीहरू भने सम्पर्कमा आएनन् । राष्ट्र बैंकका अधिकारीहरूले भने क्रिप्टो करेन्सीलाई नियन्त्रण नै गर्नुपर्ने बताउँदै आएका छन् । राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक डा. गुणाकर भट्टले क्रिप्टो करेन्सीलाई नियन्त्रण नै गर्नुपर्ने बताए । ‘यस विषयमा सरकारको धारणा के हो, त्यसमा हामी जानकार छैनौं । तर, राष्ट्र बैंकको धारणा भने यही हो ।’ क्रिप्टो करेन्सीको कारोबार नियन्त्रण गर्न असम्भव रहेको बताइन्छ । कानूनी मान्यता नपाएको अवस्थामा यसलाई नियन्त्रणसँगै नियमनको दायरामा ल्याउनुपर्ने विज्ञहरूको भनाइ छ । सरकार पनि सोहीअनुसार नै अगाडि बढ्न खोजेको हुन सक्ने विज्ञहरूको व्याख्या छ । तर, तत्काल भने सरकार नियन्त्रणमा मात्र जानुपर्ने बैंकिङ विज्ञ अनलराज भट्टराई बताउँछन् । ‘समग्रमा सरकारको भनाइ ठीक छ । क्रिप्टो करेन्सीसम्बन्धी कारोबारलाई नियन्त्रणसँगै नियमन नै गर्नुपर्छ,’ उनले भने, ‘सरकारको भनाइ पनि त्यस्तै देखिन्छ । तर, तत्काल भने यसलाई नियन्त्रण मात्र गर्नुपर्ने देखिन्छ ।’ पछिल्लो समय नेपालमा विदेशी मुद्राको सञ्चिति घट्दो क्रममा छ । साथै, नेपालको अर्थतन्त्रको आकार तथा संरचना पनि बलियो छैन । ‘यस्तो अवस्थामा तत्कालै नियमन गर्न खोज्दा समस्या हुन्छ । त्यसमाथि यो लिगल टेन्डर पनि होइन,’ उनले भने, ‘तर, यो प्रविधिले ल्याएको नयाँ आयाम हो । यसको नियन्त्रण गर्न सम्भव नै छैन । तसर्थ, आवश्यक पूर्वाधार बनाएर क्रिप्टो करेन्सीसम्बन्धी कारोबारलाई नियमन गर्नुपर्छ । साथै, नियमन गर्ने क्रममा नै यसलाई कडाइ गर्नुपर्छ ।’ छिमेकी मुलुक भारत पनि क्रिप्टो करेन्सी कारोबारलाई नियमनको दायरामा ल्याउने तयारीमा छ । केही दिनअघि नयाँ बजेटमार्फत भारतले यस्तो कारोबारमार्फत हुने आम्दानीमा ३० प्रतिशत कर तिर्नुपर्ने व्यवस्था गरेको छ । ‘अहिले लुकीछिपी क्रिप्टो करेन्सीमा लगानी भइरहेकै छ । तर, यो निकै जोखिमपूर्ण कारोबार हो । त्यो जोखिम लिने कि नलिने भन्ने स्वयम् व्यक्तिमा छोड्नुपर्छ,’ भट्टराईले भने, ‘र, निकट भविष्यमा खुला रूपमा नै लगानी गर्न दिनुपर्छ । तर, जथाभावी रूपमा भने लगानी गर्न दिनु हुँदैन । नियमनसँगै कडा नियन्त्रण पनि गर्नुपर्छ ।’

सम्बन्धित सामग्री

ओलीको अभिव्यक्तिले गम्भीर खतराको संकेत गरेको छ– रमेश लेखक

काठमाडौं, २४ चैत्र । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिले गम्भीर खतराको संकेत गरेको बताएका छन् । एमाले अध्यक्ष ओलीले  १० दलीय सत्ता गठबन्धनले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेमाथि महाअभियोगको प्रस्ताव ल्याउने तयारी गरेको अरोप लगाएका थिए । ओलीको उक्त अभिव्यक्तिलाई खण्डण गर्दै कांग्रेस प्रमुख सचेतक लेखकले सभामुखमाथि महाअभियोग […]

आगामी मौद्रिक नीति कसिलो आउने संकेत

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीति कसिलो खालको ल्याउने संकेत गरेका छन्।...

बजेटमा कृषि र आत्मनिर्भर अर्थतन्त्रमा जोड दिने अर्थमन्त्रीको संकेत

३ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा कृषि क्षेत्र केन्द्रित कार्यक्रम ल्याउने संकेत गरेको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले भूमिगत तथा सतह सिँचाइ सुविधा विस्तार गर्ने, सहकारीमार्फत चक्लाबन्दी खेती विस्तार गर्नेलगायतका योजना सुनाएका छन् । किसानलाई सिँचाइ प्रयोजनमा विद्युत महसुल छुट दिने सरकारको […]

ओलीले चार न्यायधीशमाथि आक्रोश पोख्दै गरे महाभियोग ल्याउने संकेत

काठमाडौं, १४ फागुन । ७१औं जन्मदिनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतका चार न्यायाधीशहरुमाथि आक्रोश पोखे । उनले एमाले सिध्याउन लागेको भन्दै कायममुकायम प्रधानन्यायाधीश दिपक कार्की र न्यायाधीशहरु मीरा खड्का, इश्वरी खतिवडा र आनन्दमोहन भट्टराईविरुद्ध आक्रोश पोखेका थिए । ओलीले आज पनि चार न्यायाधीशहरुप्रति आक्रोश पोखे । एमाले सम्वद्ध प्रगतिशिल कानून व्यवसायी संगठन […]

क्रिप्टोलाई नियमनको दायरामा ल्याउने सरकारको संकेत

सरकारले क्रिप्टोकरेन्सीसम्बन्धी कारोबारलाई नियमनको दायरामा ल्याउने संकेत देखाएको छ । कानूनी मान्यता नपाएको क्रिप्टोकरेन्सीका विषयमा विवाद भइरहेको अवस्थामा सरकारले त्यसलाई नियमन गर्ने संकेत देखाएको हो ।अर्थमन्त्री जनार्दन शर्माले बिहीवार अर्थ मन्त्रालयमा आर्थिक वर्ष (आव) २०७८/७९ को बजेटको अर्ध वार्षिक समीक्षाको प्रतिवेदन सार्वजनिक गर्ने क्रममा यस्तो संकेत गरेका हुन् । उनले क्रिप्टोकरेन्सीलाई नियमन गर्ने बताएका छन् । अर्थमन्त्रीको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘प्रविधिको प्रयोग गरी भ

भीम रावलले तीन सयसम्म मत ल्याउने संकेत

काठमाडौं, १४ मंसिर । नेकपा एमालेका अध्यक्षका उम्मेदवार डा. भीम रावलले तीन सयसम्म मत ल्याउने देखिएको छ । पछिल्लो मतगणनामा वर्तमान अध्यक्ष केपी शर्मा ओलीले ५ सय मत कटाउँदा रावल एक सय मत नजिक पुगेका छन् । २२ सय प्रतिनिधिमध्ये खसेको मतमा यही रफ्तारमा गएमा रावलले अधिकतम ३ सय सम्म ल्याउने देखिउको छ । यो […]

सामसुङलाई टक्कर दिँदै गुगल, फोल्डेबल स्मार्टफोन ल्याउने तयारी

गुगल कम्पनीले केही वर्ष अगाडि नै एक फोल्डेबल अर्थात् स्क्रिन पट्याउन मिल्ने स्मार्टफोन बजारमा ल्याउने संकेत दिएकेा थियो । तर हालसम्म प्रयोगकर्ताहरुले गुगलको फोल्डेबल फोन देख्न पाएका छैनन् । अहिले फेरि गुगलको फोल्डेबल फोनका बारेमा नयाँ जानकारी सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा आएको जानकारी अनुसार गुगलले यो वर्ष सन् २०२१ को अन्त्यसम्ममा आफ्नो […]

रुसमा राष्ट्रपति पुटिनको पार्टीले भारी बहुमत ल्याउने संकेत

एजेन्सी । रुसमा हालै सम्पन्न संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमीर पुटिनको युनाइटेड रुस पार्टीले बहुमत ल्याउने सम्भावना बलियो बनेको छ । मतगणनाकै क्रममा एक्जिट पोलले सतारुढ दल भारी मतले बिजयी हुने प्रक्षेपण गरेका छन् । क्रेमलिनका आलोचकहरुलाई बञ्चित गरिएको निर्वाचनमा ब्यापक धाँधली भएको बिपक्षी दलहरुको आरोप छ । हालसम्म भएको २५ प्रतिशत मतगणना अनुसार राष्ट्रपति पुटिनको […]

असममा भाजपाले बहुमत ल्याउने संकेत

भारतको असम राज्यमा भारतीय जनता पार्टीले विपक्षी महाजोत गठबन्धनलाई हराउँदै बहुमत ल्याउने लक्षण देखिएको छ ।  मतगणनाको आरम्भिक रुझान हेर्दा भाजपाले लगातार दोस्रोपटक कार्यकाल चलाउन सक्ने देखिएको छ ।  भाजपा असममा सत्तामा फर्किएमा यस उत्तरपूर्वी राज्यमा लगातार कार्यकाल चलाउने गैरकांग्रेसी सरकार बन्नेछ ।  त्यहाँको कुल १२६ सीटमध्ये ११५ सीटको रुझान आउँदा भाजपा र गठबन्धन साझेदारले ७३ सीटमा अग्रता लिइरहेको देखिन्छ भने कांग्रेस र साझेदारले ४१ सीटमा अग्रता लिएको छ ।  भाजपा ५६ सीटमा अनि उसको गठबन्धन स...