अमेरिकाका राष्ट्रपति–निर्वाचित जो बाइडनले पराष्ट्र मन्त्रालयमा हस्तक्षेपकारी नीतिनिर्माताहरूलाई ल्याउने भएका छन् ।
युक्रेनमा कूको षड्यन्त्र रच्ने भिक्टोरिया नुल्यान्डलाई मन्त्रालयमा ल्याउन खोजेर उनले रुसप्रति कठोर रवैया अपनाउने संकेत दिएका छन् ।
‘यी नेताहरूले देशमा विश्वास आर्जन गरेका छन् र संसारभरि सम्मान हासिल गरेका छन् । उनीहरूलाई नियुक्त गरेर अमेरिका अब फर्केको छ र संसारको नेतृत्व गर्न तयार छ भन्ने संकेत दिएको छ,’ बाइडनले शनिवार एक विज्ञप्ति जारी गर्दै बताए ।
उनले एन्टोनी ब्लिन्केनलाई...