अमेरिकाबाट आइपुग्यो स्वास्थ्य सामग्री, भोलि १ हजार अक्सिजन सिलिण्डर हस्तान्तरण गर्ने

काठमाण्डाै – कोरोना महामारीविरुद्ध लड्न अमेरिकाले पठाएको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । पहिलो खेपमा सर्जिकल मास्क,फेस सिल्ड, पञ्जा, भेन्टिलेटर तथा अक्सिजनसँग सम्बन्धित् सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको अमेरिकी सहयोग नियोग यूएसएआईडीले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएसएआईएड र अमेरिकी दूतावासका प्रतिनिधिले स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमलाई सामग्री हस्तान्तरण गरेका हुन् । अमेरिकी कार्गो बिमानले ती स्वास्थ्य सामग्री काठमाडौं ल्याएको हो । भोली स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक हजार...

सम्बन्धित सामग्री

स्वास्थ्य सामग्री हस्तान्तरण

बगनासकाली बहुउद्देश्यीय सहकारी र ग्रामीण स्वावलम्बन विकास केन्द्रले संयुक्त रुपमा  स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । कोभिड सङ्क्रमणको न्यूनीकरण नभइसकेको जनाउँदै ती दुई सस्थाले सङ्क्रमणबाट सुरक्षित रहन र उपचारका निम्ति चाहिने साम्रगी बगनासकाली गाउँपालिकाभित्रका स्वास्थ्यचौकीलाई हस्तान्तरण गरेका हुन्  ।  ती सामग्रीका अक्सिजन कन्सन्ट्रेटर दुई , अक्सिजन फ्लोमिटर दुई , अक्सिजन सिलिण्डर , अक्सिजन सिलिण्डर रेञ्च एक, पल्स अक्सोमिटर पाँच, प्यासेन्ट मोनिटर दुई, भिटिएस २००, ऐन्जिेन किट ३००, पिपिई सेट ३० थान, स्यानिटाइजर १०० लि...

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालय खोटाङलाई करिब रु तीन करोड मूल्य बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ । नेपाली कांग्रेस महासमिति सदस्य रविप्रकाश राईको पहलमा मन्त्रालयले जिल्ला स्वास्थ्य कार्यालयलाई अक्सिजन सिलिण्डर, पल्स अक्सिमिटर, एन्टिजेन किट, गाउन सेट, मास्क, पञ्जालगायत स्वास्थ्य सामग्री प्रदान गरेको हो । महासमिति सदस्य राई […]

युएनएफपिएद्वारा नेपाललाई ८०० थान अक्सिजन सिलिन्डर हस्तान्तरण

काठमाडौं। युनाइटेड नेसन्स् पपुलेसन फण्ड (युएनएफपीए)ले आज ८ सय थान अक्सिजन सिलिन्डर नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। कोरोना भाइरस विरुद्धको लडाईमा सहयोग स्वरुप ती अक्सिजन सिलिण्डर उपलब्ध गरिएको हो। नेपालको कोरोना प्रतिकार्यका लागि नेपाल सरकार, चीन सरकार र युनएनएफपीएबीचको दक्षिण–दक्षिण र त्रिकोणीय सहयोग परियोजना सम्झौता अन्तर्गत अक्सिजिन सिलिण्डर उपलब्ध गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।

‘यूएनएफपीए’ले दियो सरकारलाई ८०० थान अक्सिजन सिलिण्डर

काठमाडौँ–सरकारलाई संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए)ले ८०० थान अक्सिजन सिलिण्डर प्रदान गरेको छ । कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखाका निर्देशक डा भीमसिंह टिङ्करीलाई कोषका नेपालस्थित उपप्रतिनिधि डा हसिना बेगमले आज रु एक करोड १९ लाख मूल्य बराबरको ८०० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेकी हुन् । निर्देशक डा टिङ्करीले यसअघि कोभिड–१९ […]

नेविसंघ पूर्वअध्यक्ष महरले दिए डडेल्धुरा अस्पताललाई अक्सिजन सिलिण्डर

डडेल्धुरा : नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय अध्यक्ष नैनसिंह महरले डडेल्धुरा अस्पताल १० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेका छन्।बुधबार नेविसंघका पूर्वअध्यक्ष महरले अस्पताल विकास समितिका अध्यक्ष करुणकर ओझालाई हस्तान्तरण गरेका हुन्। अक्सिजन सिलिण्डरसँगै उनले अन्य स्वास्थ्य सामग्री पनि अस्पताललाई सहयोग गरेका छन्। कोभिडका बिरामीलाई अत्यावश्यक अक्सिजन कन्सन्ट्रेटर उनले सहयोग गरेका हुन्। साथै महरले मास्क, फेसशिल्ड, अक्सिजन मास्क, प्लस अक्सोमिटर, ग्लोब्सलगायत स्वास्थ्य सामग्री पनि

सिभिल अस्पताललाई सवा करोड बराबरको स्वास्थ्य सामग्री सहयोग

सामाजिक संस्था च्वाइस ह्युमानिटेरियनको सहयोगमा भेन्टिलेटर, अक्सिजन सिलिण्डर, पीपीई, पञ्जा, अक्सिमिटर, फेस सिल्ड, इमरजेन्सी ट्रेलरलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो।

सिभिल अस्पताललाई एक करोड १८ लाखको स्वास्थ्य सामग्री

काठमाडाैं।बागमती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठको पहलमा सिभिल अस्पताललाई एक करोड १८ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ। च्वाइस ह्युमानिटेरियन सामाजिक संस्थाको सहयोगमा भेन्टिलेटर,अक्सिजन सिलिण्डर,पीपीइ,पञ्जा,अक्सिमिटर,फेस सिल्ड,इमरजेन्सी ट्रेलरलगायत सामग्री हस्तान्तरण गरिएको हो।अक्सिजन प्लान्ट स्थापना गर्न मद्दत मिल्ने गरी बागमती सरकारले दिएको दुई करोडमा एक करोड अपुग भएकाले एक करोड १८ लाख बराबरको सामग्री जुटाएर हस्तान्तरण गरिएको प्रदेशसभा सदस्य श्रेष्ठले जानकारी दिए।

परिसंघद्वारा अक्सिजन सिलिण्डर हस्तान्तरण

नेपाल उद्योग परिसंघले स्वास्थ्यतथा जनसंख्या मन्त्रालयमार्फत देशका विभिन्न ९ अस्पताललाई २ सय थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ ।परिसंघका अध्यक्ष सतिशकुमार मोरले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीमार्फत अक्सिजन सिलिण्डर हस्तान्तरण गरेका हुन् । परिसंघले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जलाई ५० थान, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुलाई ३० थान र धुलिखेल अस्पताललाई २० थान […]

परिसंघद्वारा ९ ओटा अस्पताललाई २०० थान अक्सिजन सिलिण्डर हस्तान्तरण

जेठ ५, काठमाडौं । नेपाल उद्योग परिसंघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत देशका विभिन्न ९ अस्पताललाई २०० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ ।  परिसंघका अध्यक्ष सतिशकुमार मोरले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीमार्फत मंगलवार अक्सिजन सिलिण्डर हस्तान्तरण गरेका हुन् ।  परिसंघले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जलाई ५० थान, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुलाई ३० थान र धुलिखेल अस्पताललाई २० थान सिलिण्डर हस्तान्तरण गरेको छ ।  यसैगरी, परिसंघले महाकाली अञ्चल अस्पताल महेन्द्रनगरलाई १० थान, सेती अञ्चल अस्पताल धनगढीलाई २० थान, राप्ती अञ्चल अस्पताल दाङलाई १० थान, भेरी अञ्चल अस्पताल नेपालगञ्जलाई १० थान, लुम्बिनी अञ्चल अस्पताल बुटवललाई ३० थान र कोशी अञ्चल अस्पताल विराटनगरलाई २० थान अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ ।   स्वास्थ्य मन्त्रालयमा भएको हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले विपदको समयमा सहयोगका लागि परिसंघलाई धन्यवाद दिए । उनले अहिलेको संकटको अवस्थामा सरकारलाई सहयोग गरेकोमा निजी क्षेत्रप्रति आभार व्यक्त गरेका छन् ।  परिसंघका अध्यक्ष्य सतिशकुमार मोरले संकटमा सबै एकजुट भएर अघि बढ्नुपर्ने उल्लेख गर्दै निजी क्षेत्रको तर्फबाट सरकारलाई सधैं साथ र सहयोग रहने बताए । उनले भविष्यमा समेत सरकारलाई निजी क्षेत्रको तर्फबाट यस्तै सहयोग रहने उल्लेख गरे ।  कोभिड १९ को संक्रमण बढ्दै जाँदा देशभरका अस्पतालमा उपचारका लागि अत्यावश्यक अक्सिजन ग्यास तथा सिलिण्डर अभाव भइरहेको छ । परिसंघले कोभिड संक्रमितको उपचारमा चाप ब्यहोरेका अस्पतालका लागि सिलिण्डर उपलब्ध गराएको हो ।