काठमाडौंः सर्वोच्च अदालतले कोरोना संक्रमित बिरामीहरुका लागि अक्सिजन, आधारभूत औषधि तथा अन्य उपकरणको सुनिश्चितता गर्न सरकारका नाममा आदेश गरेको छ। न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरोकारवालासँग समेत समन्वय गरी कोरोना नियन्त्रणको स्पष्ट कार्ययोजना बनाउन पनि आदेश गरेको छ।
गम्भीर संक्रमितका लागि आवश्यकता अनुसार सघन उपचार कक्ष,…