रुपन्देहीका ५५३ जना भूमिहीनलाई भूमि व्यवस्थामन्त्री अधिकारीले दिए लालपुर्जा

रुपन्देही । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले रुपन्देहीका ५५३ जना स्थानीयलाई लालपुर्जा वितरण गरेका छन् । मन्त्री अधिकारीले सोमबार रुपन्देही जिल्लाको सियारी गाउँपालिकाको ४ वडामा रहेका १९ वटा गाउँ ब्लकहरुको नापी नक्सा पूरा भएका ५५३ वटा लालपुर्जा वितरण गरेका हुन् । लालपुर्जा पाएपछि ज्येष्ठ नागरिक, अपाङ्ग र एकल महिलाहरु अत्यन्त खुसी […]

सम्बन्धित सामग्री

लालपुर्जा पाउने झिनो आशमा सुकुम्वासी

उनी बस्दै आएको जमिन भूमि आयोगले नापेर गएको बषौँ भयो। निर्वाचनमा नेताहरुले पनि लालपुर्जा दिने आश्वासन देखाए। अहिले सरकारले ऐन संशोधन गरेर भएपनि लालपुर्जा दिने घोषणा गरेको छ। यतिखेर उनलाई लालपुर्जा पाउने आशा भने झिनो छ।...

राष्ट्रिय भूमि आयोगद्वारा लालपुर्जा वितरणको काम तत्कालका लागि स्थगित

काठमाण्डाै - राष्ट्रिय भूमि आयोगले जग्गाको लालपुर्जा वितरणको काम तत्कालका लागि स्थगित गरेको छ । निर्वाचन आयोगको निर्देशन अनुसार जग्गावितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच, निस्सा वितरण तथा लालपुर्जा वितरण काम तत्काल स्थगित गरिएको भूमि आयोगले जनाएको छ । आयोगका अनुसार साउन ३१, भदौ १, २ र २९ को सूचनामा उल्लेखित कामका अतिरिक्त लगत सङ्कलन, नापजाँच तथा निस्सा तथा जग्गाधनी दर्ता पुर्जा वितरण गर्ने काम अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको सूचनामा उल्लेख छ । निर्वाचन आयोगले यसअघि लालपुर्जा वितरणको काम तत्काल रोक्न राष्ट्रि...

लालपुर्जा वितरणको काम तत्काल रोक्न भूमि आयोगलाई आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले लालपुर्जा वितरणको काम तत्काल रोक्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा स्वच्छता र निष्पक्षताका लागि भन्दै आयोगले भूमि आयोग र मातहतका निकायबाट हुने लालपुर्जा वितरणको काम चुनाव नसकिएसम्म बन्द गर्न निर्देशन दिएको हो । आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबार निकाल्नु भएको […]

चुनावअघि लालपुर्जा नबाँड्न भूमि आयोगलाई निर्वाचन आयोगको निर्देशन

काठमाण्डाै - निर्वाचन आयोगले लालपुर्जा वितरणको काम तत्काल रोक्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा स्वच्छता र निष्पक्षताका लागि भन्दै निर्वाचन आयोगले भूमि आयोग र मातहतका निकायबाट हुने लालपुर्जा वितरणको काम चुनाव नसकिएसम्म बन्द गर्न निर्देशन दिएको हो । आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले निकालेको विज्ञप्तिमा जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपुर्जा वितरण गर्नेलगायतका सम्पूर्ण कार्यहरु तत्काल स्थगित गरी यथार्थ जानकारी दुई दिनभित्र...

लालपुर्जा वितरण नगर्न आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगलाई लालपुर्जा वितरण नगर्न निर्देशन दिएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै आयोगले राष्ट्रिय भूमि आयोगलाई लालपुर्जा वितरण गर्ने लगायतका सम्पूर्ण कार्यहरू स्थगित गर्न निर्देशन दिएको हो ।

सिरहामा ११० भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण

काठमाडौँ । सिरहाको धनगढीमाई नगरपालिकामा ११० भूमिहीन सुकुम्वासी घरपरिवारलाई आज जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरिएको छ ।  राष्ट्रिय भूमि आयोग जिल्ला समिति सिरहाले धनगढीमाई नगरपालिका वडा नम्बर १३ मा आयोजना गरेको लालपुर्जा वितरण कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले ११० भूमिहीन सुकुम्वासी घरपरिवारलाई लालपुर्जा वितरण गरेकी हुन् ।  मन्त्री श्रेष्ठले […]

पोखरामा ३९ भूमिहीनलाई लालपुर्जा

कास्कीको पोखरामा ३९ भूमिहीन सुकुम्बासीलाई जग्गाधनी लालपुर्जा वितरण गरिएको छ ।पोखरा महानगरपालिका वडा नं. १४, १९, २८ र ३१ का गरेर ३९ भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले अलिहेको सरकारले राष्ट्रिय भूमि आयोगमार्फत वितरण भइरहेको लालपुर्जा खारेज नहुनेमा ढुक्क हुन आग्रह गरिन् ।उनले सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर […]

बर्दिवासका भूमिहिनले पाउने भए लालपुर्जा

वर्षौंदेखि लालपुर्जा नभएका भूमिहिनले आफ्नै नाममा दर्ता रहेको जग्गाको लालपुर्जा पाउने भएका छन्। राष्ट्रिय भूमि आयोगले जग्गा नभएकाहरुलाई लालपुर्जासहितको जग्गा दिने अन्तिम तयारी गरेको छ। राष्ट्रिय भूमि आयोग महोत्तरी जिल्ला समितिका...

राष्ट्रिय भूमि आयोगले लालबन्दीमा लालपुर्जा वितरण गर्ने

सर्लाही । राष्ट्रिय भूमि आयोग सर्लाहीले लालबन्दी र बागमती नगरपालिकामा लालपुर्जा वितरण गर्ने भएको छ । राष्ट्रिय भूमि आयोग सर्लाहीले सर्लाहीको २० पालिका मध्ये ८ वटा पालिकामा काम गरिरहेको छ भने ६ ओटा पालिकाहरुमा भूमिको लगत संकलन भईसकेको र जग्गा नाप्ने काम भईरहेको लालबन्दी नगरपालिका स्थित रहेको होटल यूनाइटेड इनमा पत्रकार सम्मेलन गरी भूमि आयोग […] The post राष्ट्रिय भूमि आयोगले लालबन्दीमा लालपुर्जा वितरण गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

तनहुँमा ४६ घरपरिवारलाई लालपुर्जा वितरण

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले तनहुँको गाउँब्लकमा रहेका भूमि बिहिनहरुलाई बुधबार जग्गा धनी दर्ता प्रमाण पूर्जा (लालपुर्जा) वितरण गरेकी छन् । तनहुँको बन्दीपुर गाउँपालिकाको गाउब्लकमा रहेका ४६ घरपरिवारलाई लालपुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले केही समय भित्रै भूमिहीन सुकुम्बासी र भूमिहीन दलितले जग्गाको लालपुर्जा पाउने गरी राष्ट्रिय भूमि आयोगमार्फत काम भइरहेको बताइन् ।मन्त्री श्रेष्ठले संविधानमा भएको नागरिकको हक कार्यान्वयनलाई अहिलेको सरकारले पहिलो प्राथमिकतामा रा