काठमाण्डाै - राष्ट्रिय भूमि आयोगले जग्गाको लालपुर्जा वितरणको काम तत्कालका लागि स्थगित गरेको छ । निर्वाचन आयोगको निर्देशन अनुसार जग्गावितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच, निस्सा वितरण तथा लालपुर्जा वितरण काम तत्काल स्थगित गरिएको भूमि आयोगले जनाएको छ ।
आयोगका अनुसार साउन ३१, भदौ १, २ र २९ को सूचनामा उल्लेखित कामका अतिरिक्त लगत सङ्कलन, नापजाँच तथा निस्सा तथा जग्गाधनी दर्ता पुर्जा वितरण गर्ने काम अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको सूचनामा उल्लेख छ ।
निर्वाचन आयोगले यसअघि लालपुर्जा वितरणको काम तत्काल रोक्न राष्ट्रि...