चुनावको दिन त्रिपालको व्यवस्थापन गर्न आयोगको निर्देशन

काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले निर्वाचनको समयमा पानी पर्ने भन्दै सचेत गराएको छ । विभिन्न स्थानमा पानी पर्ने सम्भावना देखिएको भन्दै महाशाखाले सचेत गराएको हो। स्थानीय तह निर्वाचनको दिन पानी पर्ने सम्भावना देखिएपछि निर्वाचन आयोगले सबै निर्वाचन अधिकृतको कार्यालयलाई त्रिपाललगायत आवश्यक सामग्रीको व्यवस्थापन गर्न निर्देशन दिएको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतपेटिका सुरक्षित राख्नको […]

सम्बन्धित सामग्री

चुनावको दिन पठाओ सेवा बन्द हुने

काठमाडौं । वैशाख ३० गते शुक्रबार हुन गईरहेको स्थानीय तह निर्वाचनको दिन पठाओको सेवा स्थगित हुने भएको छ ।  निर्वाचन आयोगको अत्यावश्यक सवारी बाहनबाहेक अन्य सञ्चालन हुन नपाउने निर्देशनको पालना गर्दै मतदानको दिन पठाओ सेवा स्थगित गर्ने निर्णय गरेको कम्पनीले बताएको हो । मौन अवधि सुरू भएसँगै सार्वजनिक यातायातका सेवाहरू सडकमा कम देखिए पनि पठाओले भने बिहिबारसम्म पूर्णरूपमा...

आयोगको आचारसंहिताले ज्येष्ठ नागरिक र अशक्त मतदातालाई समस्या

निर्वाचन आयोगले ज्येष्ठ नागरिक र अशक्त मतदाताको वर्ग नछुट्याउँदा समस्या भएको ज्येष्ठ नागरिक केन्द्र दाङका उपाध्यक्ष हरिप्रसाद पाण्डेले बताएका छन् । मतदातालाई पार्टीले ओसारपसार गरेमा आचारसंहिता उल्लङ्घन ठहर हुने भनेर उल्लेख गरेपछि त्यसको प्रत्यक्ष मारमा ज्येष्ठ र अशक्त नागरिक परेका हुन् । उनी भन्छन्, ‘निर्वाचन आयोगले आचारसंहिता बनाउँदा ज्येष्ठ नागरिक र अशक्त मतदाताको वर्ग छुट्याएर उनीहरूको ओसारपसारमा पार्टी वा नेतालाई बन्देज गर्न हुँदैनथ्यो । चुनावको दिन सार्वजनिक बिदा हुन्छ, अन्य याता

चुनावको दिन चट्याङसहित वर्षा हुनसक्ने पूर्वानुमान, त्रिपाल खोज्न आयोगको निर्देशन

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तरगतको मौसम पूर्वानुमान महाशाखाले स्थानीय तहको मतदानका लागि ३० गते मौसम सफा नरहने आकलन गरेको छ । महाशाखाका अनुसार त्यस दिन दुई प्रदेशमा मेघ गर्जनसहित वर्षा हुन सक्छ भने अन्य प्रदेशमा सामान्य बदली हुन सक्छ । महाशाखाले स्थानीय तहको निर्वाचन २०७९ को लागि विशेष मौसम पूर्वानुमान बुलेटिन आज […]

मध्यरातदेखि मौन अवधि सुरु - के गर्न पाइन्छ, के गर्न पाइँदैन ?

स्थानीय तह निर्वाचनको सम्पूर्ण प्रचारप्रसार सकिसकेपछि मतदातालाई आफ्नो धारणा बनाउन समय दिन चुनावअघिको दुई दिनलाई मौन अवधिको रूपमा राखिएको निर्वाचन अधिकारीहरूले बताएका छन्।'मङ्गलवार रातिदेखि नै अन्तर्राष्ट्रिय सीमानाकाहरू बन्द गरिने अन्तर्राष्ट्रिय अभ्यास समेत लागु गरिँदै छ,' आयोगको निर्वाचन व्यवस्थापन महाशाखाका प्रमुख तुलसीबहादुर श्रेष्ठ भन्छन्।'मतदान अवधि नसकिँदासम्म यी प्रावधान कायम रहन्छन्।' वैशाख ३० गते शुक्रवार बिहान ७ बजेदेखि अपराह्ण ५ बजेसम्म मतदान हुने छ।तर अन्तर्राष्ट्रिय उडानहरू भने रोक नलगाइएको बताउँदै मतदानको दिन नेपाल आउने यात्रु तथा पर्यटकलाई अन्य अनुमतिपत्र नलिएका हकमा सम्बन्धित टिकटका आधारमा होटलसम्म पुर्‍याउने व्यवस्था गर्न वायुसेवा कम्पनीहरूलाई भनिएको श्रेष्ठ बताउँछन्।मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान हुने स्थानको ३०० मिटरआसपास रहेका प्रचार सामग्रीहरू पनि सम्बन्धित दलहरूले हटाउनुपर्ने आयोगको भनाइ छ।अन्तर्राष्ट्रिय सीमामा अत्यावश्यक परेको हकमा अनुमति लिएर वारपार गर्न सकिने जनाइएको छ।मौन अवधि: सबै चुनावी कर्यक्रम बन्दमतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदानकेन्द्र बन्द नहुँदासम्मको अवधिमा प्रचारप्रसार पूर्ण रूपमा बन्द गर्न निर्वाचन आचारसंहिताले भनेको छ।उक्त अवधिभरि कुनै पनि प्रकारका अन्तर्क्रिया, सम्मेलन, कार्यशाला, गोष्ठी वा निर्वाचनसँग सम्बन्धित छलफल वा सामूहिक मस्तिष्क मन्थन गर्न नहुने आचारसंहितामा उल्लेख छ।'मतदाता प्रभावित गर्ने खालका कुनै पनि गतिविधि यस अवधिमा गर्न पाइँदैन,' आयोगका सहसचिव श्रेष्ठ भन्छन्।'नाराबाजी गर्नेदेखि प्रचारसामग्री वितरण गर्ने कुनै पनि काम यसबीचमा गर्न पाइँदैन। दबावरहित वातावरणमा मतदाताले आफ्नो दृष्टिकोण बनाउन सकून् भनेर चुनावका बेला त्यस्तो अवसर दिने गरिएको हो।'मौन अवधिमा सामाजिक सञ्जालमा समेत मत माग्ने काम गर्न नहुने निर्वाचन आयोगले जनाएको छ।आयोगले त्यसबीचमा मत माग्नका लागि धेरैलाई एकैपटक एसएमएस पठाउन सकिने सेवा समेत प्रदान नगर्न दूरसञ्चार प्रदायकहरूलाई निर्देशन दिएको छ।मतदानको दिन के हुन्छ ?आपत्कालीन सेवा र अनुमति लिएका हकमा बाहेक सवारीसाधनमा आउजाउ गर्ने वा यात्रु ओसार्ने काम मतदान हुने दिन पूर्ण रूपले रोक लगाइएको आयोगका अधिकारीहरूले बताएका छन्।त्यस दिन समेत मतदान केन्द्रआसपास मतदातालाई दबाव दिने वा प्रभाव पार्ने काम हुन नदिन आयोगले आचारसंहितामार्फत् सबैलाई बाँधेको जनाएको छ।त्यस दिन उम्मेदवार वा तिनका प्रतिनिधिले मतदानकेन्द्रमा निर्वाचन चिह्न वा सङ्केत भएका लुगा वा ब्याज लगाउन नहुने जनाइएको छ।त्यसैगरी चुनाव चिह्न झल्किने साङ्केतिक पोसाक वा वस्तु लगाउन, बोक्न वा देखाउन नहुने आयोगले जनाएको छ।'त्यस दिन इन्धनयुक्त सवारी पूर्णत: रोक लगाइएको छ। तर साइकल चलाउन पाइन्छ। हामीले सकेसम्म सबै मतदाता हिँडेर पुग्नेगरी मतदान केन्द्र तयार पारेका छौँ,' आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले भने।तर त्यस दिन समेत निर्वाचन आयोग वा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर चुनावी अनुगमन, पर्यवेक्षण, अशक्त व्यक्ति लगायतलाई यात्रा अनुमति पत्र जारी गरिने व्यवस्था रहेको बताइएको छ।आयोगले सात महिनाभन्दा बढी अवधिको गर्भवती महिला, सुत्केरी, साथमा आफ्नै बच्चा बोकेकी महिला, क्रियापुत्री, शारीरिक रूपमा असक्त वा अपाङ्गता भएका व्यक्ति, हिँडडुल गर्न नसक्ने जेष्ठ नागरिक वा पूर्वस्वीकृति लिएका व्यक्तिहरूले अनुमतिपत्र लिएर यात्रा गर्न सक्ने जनाएको छ।एम्बुलेन्स, शववाहन, दमकल, खानेपानीका सवारीसाधनजस्ता अत्यावश्यक सेवा र कूटनीतिक प्लेट भएका सवारीसाधनले अनुमतिपत्र लिनुनपर्ने भनिएको छ।चुनावको दिन उद्धार तथा सहायता उडानबाहेक नियमित आन्तरिक उडान समेत हुने छैनन्। -बा बिबिसीबाट

चुनावको दिन उद्धार तथा सहायता र सरकारको निर्देशनमा हुने उडान नरोकिने

काठमाण्डाै – आउँदाे वैशाख ३० गते शुक्रवार पालिका चुनावको दिन आन्तरिक उडान बन्द हुने भएका छन् ।  निर्वाचन आयोगको निर्णयअनुसार ३० गते शुक्रवार सबै नियमित उडान बन्द रहने वायु सेवा सञ्चालक सङ्घ नेपालले जनाएको छ । तर मानवीय उद्धार तथा सहायता उडान र सरकारको निर्देशनमा हुने उडान भने सञ्चालन हुने सङ्घले जानकारी दिएको छ ।  निर्वाचन आयोगको सिफारिसमा सरकारले ३० गते देशभर सार्वजनिक गाडी र हवाई यातायात बन्द गर्ने निर्णय गरेको छ । तर अन्तर्राष्ट्रिय उडान भने नरोकिने र विमानस्थल आउजाउका लागि यात्रुलाई प्रमुख जिल्...