बेलायतमा कोभिड–१९ को संक्रमण दर क्रमशः घट्दै गएकाले साथीभाइ र परिवारका सदस्यले अर्को सातादेखि अँगालो हाल्न र चुम्बन गर्न पाउने भएका छन् । प्रधानमन्त्री बोरिस जोनसनले सोमवार मुलुक सामान्य दिशातर्फ बढिरहेको बताएका छन् । लकडाउनको अन्तिम चरणमा घरभित्र मानिसहरूलाई घुलमिल गर्न दिइने र घरबाहिर ३० जनासम्म भेला हुन दिइने भएको छ । भौतिक दूरीलाई केही खुकुलो बनाइँदै जाँदा मैत्रीपूर्ण सम्पर्कलाई पनि अनुमति दिइनेछ । होटल पुनः खुल्नेछन् अनि सिनेमाघर र नाटकघरका साथै घरभित्र व्यायामका कक्षा सञ्चालन गर्न पनि दिइने...