काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले निहारिका राजपुतलाई भेट्नुभएको छ । राजपुतको उपचार भइरहेको अस्पतालमै पुगेर मेयर साहले भेट्नुभएको हो ।साहले निहारिका अत्याचारमा परेको भन्दै सरकारले न्याय दिनुपर्ने बताउनु भएको छ । सामाजिक सञ्जाल फेसबुकमा बालेनले लेख्नुभएको छ, ‘आफ्नो बच्चाको डीएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनु पर्ने ? यो अत्ति हो । यो अत्याचार हो । कानुनीराज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन ।’आफू बलात्कारमा परेको भन्द...