उखुको न्यूनतम समर्थन मूल्य तोक्न माग : कृषिमन्त्री दिए मंसिर १३ सम्मको आश्वासन

रुपन्देही । पश्चिम नवलपरासीका उखु किसानले उखुको न्यूनतम समर्थन मूल्य तोक्न सरकारसँग माग गरेका छन् । नगदे बालीको रूपमा रहेको उखु क्रसिङ्गको सिजन सुरु भइसक्दा समेत उखुको समर्थन मूल्य निर्धारण गर्न सरकारले ढिलाइ गरेकोप्रति किसानहरूले असन्तुष्टि व्यक्त गरेका छन् । समयमै उखुको समर्थन मूल्य तोके किसानहरूले उद्योगलाई उखु बिक्री गर्न सहज हुने किसानहरूको भनाइ रहेको […]

सम्बन्धित सामग्री

उखुको समर्थन मूल्यसम्बन्धी प्रस्ताव तयार

उखुको न्यूनतम समर्थन मूल्य तोक्नेसम्बन्धी प्रस्ताव तयार भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत उखुको न्यूनतम समर्थन मूल्य मन्त्रिपरिषद्मा सिफारिस गरेको हो । कृषि मन्त्रालयले उखु किसान, चिनी उद्योगीलगायत अन्य सरोकारवालासँग छलफल गरेर उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पठाइएको कृषिमन्त्री महिन्द्रराय यादवले जानकारी दिनुभयो । “उखुको मूल्य निर्धारण गरेर उद्योग मन्त्रालयमा पठाएका छौँ । उद्योग मन्त्रालयले जति छिटो मन्त्रिपरिषद्मा लैजान्छ त्यति छिटो मूल्य निर्धारण हुन्छ,” उहाँले भन्नुभयो ।

उखुको मूल्य निर्धारणको तयारी

काठमाडौं, मंसिर २९ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने गृहकार्य सुरु गरेको छ । कृषिमन्त्री महिन्द्रराय यादवले मङ्सिर २४ गते उखु किसानसँग छलफल गरी मूल्य निर्धारणको कार्यलाई अगाडि बढाएको मन्त्रालयले जनाएको छ । पुस १५ गतेदेखि उखु क्रसिङ सुरु हुन्छ, त्यसअघि नै मूल्य निर्धारण हुने मन्त्री यादवले बताए। उनले […]

उखुकाे न्यूनतम् मूल्य निर्धारणको गृहकार्यमा मन्त्रालय

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने गृहकार्य सुरु गरेको छ । कृषिमन्त्री महिन्द्रराय यादवले मङ्सिर २४ गते उखु किसानसँग छलफल गरी मूल्य निर्धारणको कार्यलाई अगाडि बढाउनुभएको मन्त्रालयले जनाएको छ । पुस १५ गतेदेखि उखु क्रसिङ सुरु हुन्छ, त्यसअघि नै मूल्य निर्धारण हुने मन्त्री यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “किसानसँग छलफल भएको छ, उहाँको कुरा सुनेपछि मन्त्रालयले मूल्य निर्धारणको गृहकार्य सुरु गरेको छ । ”

धानको समर्थन मूल्य एकलौटी तोकियो

मन्त्री भुसालसँग किसान असन्तुष्ट झापा-संघीय कृषिमन्त्री घनश्याम भुसालले कृषकसँग परामर्श र उनीहरुको सहभागिताबिना नै झापामा लागू हुनेगरी यस वर्षका लागि धानको समर्थन मूल्य तोकेका छन् । जिल्ला सहकारी संघ झापाले आयोजना गरेको कार्यक्रममा मन्त्री भुसालले धानको समर्थन मूल्य तोकेका हुन् । सरकारले असार पहिलो साता नै मोटा र मध्यम धानको न्यूनतम समर्थन मूल्य तोकेको थियो […]