कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने गृहकार्य सुरु गरेको छ । कृषिमन्त्री महिन्द्रराय यादवले मङ्सिर २४ गते उखु किसानसँग छलफल गरी मूल्य निर्धारणको कार्यलाई अगाडि बढाउनुभएको मन्त्रालयले जनाएको छ । पुस १५ गतेदेखि उखु क्रसिङ सुरु हुन्छ, त्यसअघि नै मूल्य निर्धारण हुने मन्त्री यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “किसानसँग छलफल भएको छ, उहाँको कुरा सुनेपछि मन्त्रालयले मूल्य निर्धारणको गृहकार्य सुरु गरेको छ । ”