सरकारले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न कार्यदल गठन गरेको छ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षको नेतृत्वमा कार्यदल गठन गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।कार्यदलले अर्थतन्त्रको समग्र क्षेत्रमा पारेको प्रभाव तथा नेपाल आयल निगमको कार्य सञ्चालन वित्तीय व्यवस्थापन तथा व्यापार विविधीकरण लगायत क्षेत्रमा सुधार गर्ने विषयमा अध्ययन गर्ने छ । कार्यदलले अध्ययनपछि उक्त प्रतिवेदन सरकारलाई बुझाउने मन्त्रालयले जानकारी दिएको छ ।पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका