सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरूले सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले सहकारी ठगी गर्नेलाई कारबाही र बचतकर्ताको रकम फिर्ता गर्न बाटो खोलेको बताएका छन् । समितिले प्रतिनिधिसभामार्फत कार्यान्वयनका लागि पठाएको प्रतिवेदनमा सहकारीको रकम अपचलन गर्ने दोषीलाई कारबाही गरी हजारौं बचतकर्ताको रकम फिर्ता गर्नुपर्ने सुझाव दिएको छ ।