नागरिक स्वस्थ नभई समृद्धि सम्भव छैन : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा देखापरेका चुनौतीको व्यवस्थापनका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निर्देशन दिएका छन्।प्रतिष्ठानको १२औँ सभालाई यहाँ सम्बोधन गर्दै उनले थप पूर्वाधारको विकास तथा अस्पतालको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन प्रतिष्ठानका पदाधिकारीलाई निर्देशन दिए।आमनागरिक स्वस्थ नभईकन विकास र समृद्धि सम्भव नहुने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सबै नागरिकलाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवाको पहुँच पुर्‍याउनुपर्नेम

सम्बन्धित सामग्री

समृद्धि र सुशासनको नयाँ यात्रामा जानुको कुनै विकल्प छैन : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थायित्वको साथै समृद्धि र सुशासनको नयाँ यात्रामा जानुको कुनै विकल्प नरहेको बताएका छन् । ललितपुरको सैँबु भैँसेपाटीस्थित नवनिर्मित प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको सम्पर्क कार्यालय तथा निवासको आज उद्घाटन गर्दै उनले राष्ट्रिय सहमतिका साथै मुलुकलाई समृद्धि र सुशासनको दिशामा अघि बढाउने उद्घोष गरे । “स्थायित्वका साथै समृद्धि र सुशासनको […]

गैरआवासीय नेपालीसँगको सहकार्यले मात्र देशमा समृद्धि सम्भव छ : प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले गैरआवासीय नेपालीसँगको सहकार्यले मात्र देशमा समृद्धि सम्भव भएको बताएका छन् । सोमबार निवासमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधिसँग भएको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालको विकासको लागि गैरआवासीय नेपालीको भूमिका प्रशंशायोग्य रहेको बताएका हुन् । उनले एनआरएनए देश विकासको सहयात्री भएको समेत उल्लेख गरे । ‘देशको विकास र समृद्धिमा विदेशमा […]

गठबन्धनको एक मात्र एजेण्डा सुशासन, विकास र समृद्धि : प्रचण्ड

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनको एक मात्र एजेण्डा सुशासन, विकास र समृद्धि रहेको बताएका छन्। बहुमतले गठबन्धनलाई जिताउँदा प्रदेशदेखि सङ्घसम्म गठबन्धनकै बलियो सरकार रहने उनको विश्वास थियो । लोकतान्त्रिक–वाम गठबन्धन लमजुङद्वारा राइनास नगरपालिका–४ सातविसे बजारमा आज आयोजित कोणसभामा उनले भने, ‘राजनीति स्थायित्व अहिले गठबन्धनले […]

प्रचण्डको प्रतिबद्धता- समृद्धि र सुशासनको महाअभियान गोरखाबाटै सुरु गर्छु

काठमाडौं, १४ कात्तिक । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गोरखाबाट समृद्धि र सुशासनको महाअभियान सुरु गर्ने प्रतिबद्धता जनाएका छन् । ‘म एउटा जिल्ला वा चुनाव क्षेत्रमा बस्ने नेता होइन । पहिलो पटक जनयुद्धको केन्द्र रोल्पा र जनआन्दोलनको केन्द्र काठमाडौंबाट उठें । त्यसपछि मधेसमा जानुपर्छ भनेर सिरहा गएँ । […]

विकास र समृद्धि हाम्रो मुख्य एजेन्डा : अध्यक्ष प्रचण्ड

काठमाण्डौ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अबको देशको प्रमुख एजेन्डा विकास, निर्माण र समृद्धि हुने दाबी गर्नुभएको छ ।  आज आइतवार काठमाण्डौमा आयोजित काठमाण्डौ क्षेत्र नं. २ का प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उम्मेदवारको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभामा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले अब पनि आर्थिक क्रान्तिको अभियानलाई एकसूत्रीयरूपमा अघि बढाउन नसके राजनीतिक परिवर्तनलाई पनि दिगो बनाउन नसकिने जिकिर गर्नुभयो ।  उहाँले भन्नुभयो, ‘विकास निर्माण र स...

विकास, समृद्धि र व्यवस्था रक्षाका लागि सङ्घर्ष गरिरहेकाे छु : प्रचण्ड

चितवन – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकास, समृद्धि र व्यवस्था रक्षाका लागि आफू सङ्घर्षरत रहेको बताउनुभएको छ । आफ्नो निर्वाचन क्षेत्र माडीमा विभिन्न आयोजनाको शिलान्यास, उद्घाटन, अनुगमन र भेटभाटका क्रममा आझ बुधवार उहाँले राजनीतिक स्थायित्वका लागि आफ्नो सङ्घर्ष कायम रहेको बताउनुभयो । कम्युनिस्ट पार्टी एकता र विघटनका कारण निर्वाचन क्षेत्रमा सोचे जति काम हुन नसकेको भन्दै उहाँले पछिल्लो समय विकासका काम तीव्र गतिमा अघि बढेको बताउनुभयो ।  अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘विगतका वर्षहरूमा को...

नयाँ वर्षले समाजवादको यात्रामा अग्रसर हुन प्रेरणा मिलोस् : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नयाँ वर्ष सबैमा शुभकामना  व्यक्त गरेका छन् । नयाँ वर्षले नेपाली जनसमुदायमा आपसी मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकताको भावना विकास गराई सामाजिक न्याय सहितको समृद्धि हुँदै समाजवादको यात्रामा अग्रसर हुन प्रेरणा मिलोस् भन्ने उनले कामना गरे ।नयाँ वर्ष वि सं २०७९ सालको अवसरमा जारी शुभकामना सन्देशमा अध्यक्ष प्रचण्डले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि सहित उत्तरोत्तर प्रगतिको

आर्थिक समृद्धि ल्याउन एकजुट हुनु पर्छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक समृद्धि ल्याउन महाअभियानमा एकजुट भएर लाग्नुपर्ने बताएका छन्। माओवादी केन्द्रको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् । ‘जनताको पक्षमा आर्थिक समृद्धि ल्याउने महाभियोगमा एक जुट भएर लागौँ। माओवादी केन्द्रलाई अपमान गर्न खोज्ने, गाली गर्न खोज्ने परिवर्तनको बाहकलाई प्रतिक्रियावादी, षड्यन्त्रकारीहरूलाई आज एउटा बलियो […]

सोनाम ल्होसारले समृद्धि पथमा लम्किरहन प्रेरणा मिलोस् : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानले सुनिश्चित गरेको समावेशीता र समानुपातिक अवधारणालाई मजबुत गरी समाजवादी लक्ष्य हासिल गर्न र राष्ट्रिय भावनाको विकास गर्न सचेततापूर्वक खबरदारी आवश्यक रहेको बताएका छन् ।तामाङ समुदायको पर्व सोनाम ल्होसारको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरे ।परम्परागत र सांस्कृतिक महत्वका साथ तामाङ समुदायले मनाउने यस पर्वले सबै नेपालीमा सुख, शा

समुदायको पहिचानसहितको समृद्धि नै राष्ट्रको उन्नति : प्रचण्ड

४ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै समुदायको हक, अधिकार र पहिचानले नै नेपाली राष्ट्रियता सदृढ बन्ने बताएका छन् । समुदायको पहिचान सहितको समृद्धि नै राष्ट्रको उन्नति भएको पनि उनले बताए । किरात समुदायको पर्व उधौली तथा नेवाः समुदायले मनाउने योमरी पुन्हिका अवसरमा आज शुभकामना सन्देश दिंदै प्रचण्डले सो कुरा […]