विकास र समृद्धि हाम्रो मुख्य एजेन्डा : अध्यक्ष प्रचण्ड

काठमाण्डौ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अबको देशको प्रमुख एजेन्डा विकास, निर्माण र समृद्धि हुने दाबी गर्नुभएको छ ।  आज आइतवार काठमाण्डौमा आयोजित काठमाण्डौ क्षेत्र नं. २ का प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उम्मेदवारको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभामा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले अब पनि आर्थिक क्रान्तिको अभियानलाई एकसूत्रीयरूपमा अघि बढाउन नसके राजनीतिक परिवर्तनलाई पनि दिगो बनाउन नसकिने जिकिर गर्नुभयो ।  उहाँले भन्नुभयो, ‘विकास निर्माण र स...