राष्ट्रिय सभा निर्वाचनको लागि कर्णाली प्रदेशमा मतदान सुरु भएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि तोकिएको अस्थायी मतदान केन्द्र वीरेन्द्रनगरस्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा मतदान सुरु भएको हो । कर्णाली प्रदेशमा तीन सदस्यका लागि लागि छ जनाको उम्मेदवारी परेको छ ।