काठमाण्डौ – ललितपुरको ग्वार्काे चोकमा आजदेखि फ्लाइओभरको काम सुरु भएको छ । दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरी फ्लाइओभरको काम थालिएको सडक विभागले जनाएको छ ।१७ करोड ६८ लाख रुपैयाँ लागतमा आरसी, समानान्तर र रेलिग्रे जेभीले फ्लाइओभर निर्माणको जिम्मेवारी पाएका छन् । गएको वर्षको माघमा ठेक्का पाएका कम्पनीले फागुनदेखि डिजाइन गरिरहेका थिए । अन्तर्राष्ट्रिय मापदण्डअनुसार फ्लाइओभरको उचाइ ६ मिटरको हुनेछ ।सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले चक्रपथको विस्तारित खण्ड कोटेश्वरबाट कलङ्कीसम्म मुख्य जाम हुने तीन ठाउँमा फ्लाइओभर निर्मा...