काठमाडौँ- आफ्नो बचत रकम फिर्ता गराइदिन माग गर्दै आन्दोलनरत सहकारीपीडित र सुरक्षाकर्मीबीच काठमाडौँमा बिहीबार अपराह्न केहीबेर झडप भएको छ। आफ्नो बचत रकम फिर्ता माग्दै सहकारीपीडितहरुले बिहीबार प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा सुरक्षाकर्मीसँग केहीबेर झडप पनि भएको छ। सहकारीपीडित सहकारी विभाग जान खोज्दा सुरक्षाकर्मीहरुसँग झडप भएको हो। सहकारीपीडितले सरकारबाट न्यायको आशा मरेको गुनासो पनि गरेका छन्। […]