क्षयरोगमुक्त पालिका बनाउन अभियान शुरू

टीकापुर । टीकापुर नगरपालिकालाई क्षयरोग मुक्त नगरपालिका बनाउने अभियान सुरु गरिएको छ । सरकारले टीकापुरसहित देशभरका २२ पालिकालाई क्षयरोग मुक्त पालिका बनाउन छनोट गरेको छ । नगरपालिकाले अबको पाँच वर्षमा टीकापुरलाई क्षयरोगमुक्त बनाउने गरी काम थालेको छ ।      क्षयरोग निवारणका लागि टीकापुरसहित नेपालका २२ पालिका छनोट भएका छन्, जसमा सुदूरपश्चिमका तीन पालिका छन् । कैलाली क्षयरोगको उच्च जोखिममा रहेको जिल्ला मानिन्छ । ‘स्थानीय साधन र स्रोतको प्रयोग गरेर क्षयरोग निवारणका लागि पहिलो चरणमा कैलाली जिल्लाको टीकापुर, कञ्चनपुरको कृष्णपुर, डडेल्धुराको गन्यापधुरा गाउँपालिका छनोट भएका छन्,’ टीकापुर नगरपालिका जनस्वास्थ्य प्रवर्द्धन उपशाखा संयोजक बलबहादुर रावलले भने, ‘क्षयरोग मुक्त गर्न चुनौती धेरै छन् । तर हामी पाँच वर्षीय योजना बनाएर काम गर्न थालेका छौं ।’ क्षयरोग मुक्त पालिका बनाउन प्रतिवर्ष प्रति १० लाखमा १ भन्दा कम बिरामी भएमा अन्त्य भएको मानिनेछ । क्षयरोग निवारणका लागि स्थानीय पालिकामा नगरप्रमुखको संयोजकत्वमा नगर उपप्रमुख, वडाध्यक्ष, शिक्षक, स्वास्थ्य संस्थाका कर्मचारीलगायतको टोली र वडास्तरमा समेत समिति गठन गरी काम सुरु गरिएको छ ।      कार्यक्रमअन्तर्गत पालिकाले क्षयरोगका बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने, घोषणा गर्ने, घरधुरी सर्वेक्षण गर्ने, शंका लागेकाको परीक्षण गर्ने, वडास्तरमा सुक्ष्म योजना बनाएर गाउँमा स्वास्थ्यकर्मी परिचालन, नगर र वडास्तरमा समिति गठनलगायतका कार्य थालेको छ । ‘सुदूरपश्चिममा क्षयरोगको बढी जोखिममा रहेको जिल्ला कैलाली हो । संघीय सरकारले टीकापुरलाई छनोट गरेको छ,’ स्वास्थ्य संयोजक रावलले भने, ‘गत वर्ष यहाँ ११४ जना क्षयरोगी उपचारमा थिए । यस वर्ष ५३ जना नयाँ बिरामी फेला परेका छन् । हरेक वर्ष सयौंको संख्यामा क्षयरोगको समस्या देखिन थालेकाले अब निवारणका लागि अभियान थालिएको हो ।’ नगरपालिकाले पाँच वर्षमा क्षयरोग मुक्त गर्ने गरी पञ्चवर्षीय योजना बनाएर काम थालेको छ । सरकारले दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्म नेपाललाई क्षयरोग मुक्त बनाउने अभियानअन्तर्गत थालेको छ । नगरपालिकाले भने वडा नं ३ बाट अभियान सुरु गरेको छ ।      गरिबी, बसाइँसराइलगायतका समस्याका कारण क्षयरोग फैलँदै गएको छ । स्वास्थ्य संस्थामा यसको उपचार निःशुल्क हुन्छ । स्वास्थ्य संस्थाले हरेक वर्ष क्षयरोग फैलन नदिन खोजपड्ताल कार्यक्रम गर्ने, क्षयरोगीको सम्पर्क र आसपासमा रहेकालाई परीक्षणको दायरामा ल्याउने कार्य गर्दै आएका छन् । सबै क्षयरोगका बिरामीको पहिचान गरी उपचारको दायरामा ल्याएर क्षयरोगको अन्त्य गर्न सकिने भए पनि अझै जनचेतनाको कमी, रोग लुकाउने, नियमित औषधि सेवन नगर्ने कारणले क्षयरोग निवारणमा समस्या भएको चिकित्सक बताउँछन् । रासस

सम्बन्धित सामग्री

१५ दिनसम्म ‘जनताको साथमा कांग्रेस’ अभियान शुरू

काठमाडौं, भदौ १० । नेपाली कांग्रेसले आउँदो चुनावलाई लक्षित गरी आजदेखि १५ दिनसम्म ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । पहिलो चरणको यो अभियान आजदेखि भदौ २४ गतेसम्म चल्ने छ । लुम्बिनी प्रदेशका कांग्रेस सभापति अमरसिंह पुनले अभियानले आगामी निर्वाचनमा कांग्रेसलाई मात्र नभएर गठबन्धनलाई नै बलियो बनाउने बताए । ‘अभियानले कुन ठाउँमा पार्टीको […]

प्यारासुट स्याम्पुको ‘सँगीको साथ साउन’ अभियान सुरू

प्यारासुट नेचुरल स्याम्पुले नेपाली महिलाहरूलाई लक्षित गरी ‘सँगीको साथ साउन’ अभियान शुरू गरेको छ।...

बालबालिकालाई कोरोनाविरुद्धको खोप अभियान आजबाट शुरू

सरकारले आजबाट पाँच वर्षदेखि १२ वर्ष मुनिका करिब ३९ लाख बालबालिकालाई कोरोनाविरुद्धको खोप अभियान शुरू गरेको छ । सरकारले सो उमेर समूहका बालबालिकालाई दुइ चरणमा खोप अभियान सञ्चालन गरेको हो ।

सुजल फुड्सले शुरू गर्यो ‘फ्रेसो क्यान्डी’ प्रचार अभियान

नेपालको अग्रणी कन्फेक्शनरी कम्पनी सुजल फुड्स प्रालिले फ्रेसो ब्रेथे नारासाथ फ्रेसो क्यान्डीको प्रचार (विज्ञापन) अभियान थालेको छ । यस अभियानमा ‘फ्रेसो क्यान्डी भनेकै ताजा स्वास’ भनी प्रचार गरिएको छ । फ्रेसो क्यान्डीले स्फूर्तिदायी ताजा स्वास प्रदान गर्दै आत्मविश्वास बढाउँछ भन्ने सन्देशसहित यो विज्ञापन अभियान शुरू गरिएको सुजल फुड्सले जानकारी दिएको छ । चञ्चले र रमाइला स्वभावका किशोर र युवाहरूलाई लक्षित गर्दै सुजल फुड्सले विज्ञापन तयार गरेको छ । विज्ञापनका एक किशोर किशोरीप्रति आकर्ष

कमल थापाको ‘राष्ट्रिय एकता अभियान’ स्थगित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले शुरू गर्न लागेको ‘राष्ट्रिय एकता अभियान’ स्थगित भएको छ ।  थापाले पृथ्वी जयन्तीको अवसर पारेर अभियान शुरू गर्न लागेका थिए । कोरोना संक्रमण बढ्दै गएकाले हाललाई अभियान स्थगित गरिएको थापाले जानकारी दिएका छन् ।  ‘पौष २७ मा शुरु गर्न लागिएको राष्ट्रिय एकता अभियान  केही समय रोक्नु उपयुक्त हुने सुझाव राप्रपाका जिम्मेवार पदाधिकारी र सदस्यहरूबाट प्राप्त भएको तथा अहिले कोरोना महामारी तीव्र गतिमा बढ्न लागेको कारण समेत सो अभियान श...

बालबालिकालक्षित खोप अभियान आजबाट शुरू

काठमाडौं, पुस ४ । सरकारले आजबाट ७ वटै प्रदेशका ५७ वटा जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धका मोर्डना खोप दिदै छ। काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र चितवन, डडेल्धुरा र सुर्खेतमा भने पुस १३ देखि २२ सम्म फाइजर खोप अभियान चलाईने छ । मन्त्रालयले १३ देखि २२ गतेसम्म पहिलो मात्रा र माघ […]

टीकापुरसहित २२ पालिका क्षयरोग मुक्त पालिका बनाउन अभियान शुरू

टीकापुर नगरपालिकालाई क्षयरोग मुक्त नगरपालिका बनाउने अभियान शुरू गरिएको छ । सरकारले टीकापुरसहित देशभरका २२ पालिकालाई क्षयरोग मुक्त पालिका बनाउन छनोट गरेको छ । नगरपालिकाले अबको पाँच वर्षमा टीकापुरलाई क्षयरोगमुक्त बनाउने गरी काम थालेको छ । क्षयरोग निवारणका लागि टीकापुरसहित नेपालका २२ पालिका छनोट भएका छन् । जसमा सुदूरपश्चिमका तीन पालिका छन् । कैलाली क्षयरोगको उच्च जोखिममा रहेको जिल्लामा पर्छ । “स्थानीय साधन र स्रोतको प्रयोग गरेर क्षयरोग निवारणका लागि पहिलो चरणमा कैलाली जिल्लाको टीकापुर, कञ्चनपुरको कृष्णपुर, ड...

राजधानीमा दशैं लक्षित खोप अभियान शुरू

काठमाडौं, असोज २१ । राजधानीको बजार क्षेत्रमा भीडभाड बढ्न थालेको भन्दै सर्वत्र विरोध हुन थालेपछि कोभिड संक्रमण रोक्न काठमाडौं महानगरपालिकाले दशैंलक्षित तीनदिने खोप अभियान शुरु गर्ने भएको छ । ललितपुर महानगरपालिकाले हिजो बुधबारबाट सबै वडामा तीन दिनसम्म खोप अभियान शुरु गरेको छ भने कामपाले असोज २२ देखि शुरु गर्ने भएको छ । कामपा जनस्वाथ्य विभाग […]

मेक इन नेपाल अभियान शुरू

नेपाल समाचारपत्र, काठमाडौं ।  स्वदेशी वस्तुको उत्पादन, प्रवद्र्धन र उपभोग वृद्धि गर्ने उद्देश्यले शुरू गरिएको ‘मेक इन नेपाल – स्वदेशी’ अभियान कार्यान्वयन शुरू भएको छ। नेपाल उद्योग परिसंघले सरकारसँगको समझदारी अघि बढाएको अभियान कार्यान्वयन लागि स्वदेशी डटकम डट एनपी वेब पोर्टल तयार गरी सञ्चालनमा ल्याइएको हो। अभियानमा आबद्ध हुन चाहने स्वदेशी उद्योग/व्यवसायले वेब पोर्टलमार्फत् आवेदन […]

शुरू भयो कोरोनाविरुद्धको खोप अभियान, प्रधानमन्त्री ओलीले बालुवाटारबाट गरे अवलोकन

नेपालमा कोभिड– १९ विरुद्धको खोपको बुधवार शुभारम्भ गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आयोजित विशेष समारोहबीच कोभिडविरुद्धको खोपको शुभारम्भ भएको घोषणा गरेका हुन् । प्रधानमन्त्रीले खोप अभियान शुभारम्भ गरेलगत्तै देशका विभिन्न भागमा खोप लगाउन शुरू गरिएको छ ।  बुधवार १ सय ३० स्वास्थ्य केन्द्रबाट ११ हजार व्यक्तिलाई खोप लगाइने छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशका विभिन्न स्थानमा शुरू भएको खोप कार्यक्रमको भिडियो अवलोकन गरेका थिए । त्रिवि शिक्षण अस्पतालमा निर्देशक दिनेश काफ्ले, टेकु अस्पतालका...