युक्रेनका लेफ्टिनेन्ट जनरल अलेक्जेन्डर पाव्ल्युकले आफ्नो देशमा रुसी आक्रमण फेब्रुअरी २० मा हुन सक्ने दाबी बेलायती पत्रिका द टाइम्समा गरेका छन् ।
त्यो दिन बेइजिङमा आयोजित शीतकालीन ओलम्पिक सकिन्छ । पाव्ल्युकले उक्त मितिबाट आफूहरू चिन्तित रहेको बताए । चीनले आयोजना गरेको विश्वव्यापी खेलकुद प्रतियोगितालाई रुसले भाँजो हाल्ने गरी युक्रेनमा आक्रमण नगर्ने पाव्ल्युकको भनाइ छ ।
युक्रेनीहरू रुसीलाई हातैले किचिपिची पार्न तयार रहेको भनी पाव्ल्युकले चेतावनी समेत दिएका छन् । आफूले सैन्य सहयोग नपाएको र रुसविरुद्ध प्रतिबन्ध पनि नल...