काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि मन्त्रालयले योजनाबद्ध कार्यक्रम अघि बढाउने बताएका छन्। नेपालको पर्यटन क्षेत्रको पुनरुत्थानबारे आज मन्त्रालयमा सरोकारवालाहरूसँगको छलफलमा उनले सरकार र निजी क्षेत्रको साझेदारीमा पर्यटन पुनरुत्थानको कामलाई प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरे। पर्यटन मन्त्री श्रेष्ठले पर्यटन पुनरुत्थानका लागि गठित समितिले […]