जिल्लाको पाणिनी गाउँपालिकाको खिदिम फर्सवामा उत्पादन भएको तरकारी गुल्मीमा स्थापना भएको पैंचो पसल प्रालिले खरिद गर्दै आएको छ । यहाँ उत्पादन भएको तरकारी गाडीमा जम्मा गरेर पाल्पा पठाउँछौ, संगम फर्सवा कृषि फर्मका प्रोपाइटर मुक्तिनाथ पराजुलीले बताए । “समयमै पैसा भुक्तानी गर्ने गरी एक वर्षका लागि पुनः सम्झौता गरेका छौँ, पैचोले बजारको मूल्यअनुसार तरकारीको पैसा भुक्तानी गरेको छ,” पराजुलीले भने ।
गुल्मीमा स्थापना भएको पैंचो पसलले कार्यक्षेत्र विस्तारलाई तीव्रता दिएको छ ।