प्रतिनिधिसभाको प्रत्यक्षतर्फ प्रदेश नम्बर १ मा दल र स्वतन्त्र गरी १२७ जना भन्दा बढी उम्मेदवारले १०० मत पनि कटाउन नसकेको तथ्यांकले देखाएको छ । हालसम्म नतिजा सार्वजनिक भइसकेको निर्वाचन क्षेत्रका ११७ उम्मेदवारले १०० मत कटाउन नसकेको पुष्टि भइसकेका छ भने मतगणना अन्तिमतिर पुगेको सुनसरी ३ मा १२ जनाले १०० मत नकटाउने निश्चित जस्तै छ । यस्तै मतगणना भइरहेको उदयपुर र सुनसरी ४ मा पनि केही उम्मेदवारले १०० मत नकटाउने देखिएकाले १२७ भन्दा बढी उम्मेदवारले ३ अंकको मत नपाउने देखिएको हो ।प्रदेश नम्बर १ मा १४ जिल्ला