हेटौंडा : कार्यकर्ता पोस्ने गरि बागमती प्रदेश सरकारले ल्याएको अधिकांश टुक्रे योजना अधुरै रहेका छन्। प्रदेश सरकारले चालू आवको तेस्रो चौमासिकमा कार्यकर्ता पोस्ने गरि वितरण गरेको २३ सय टुक्रे योजनामध्ये विकास निर्माणतर्फका अधिकांश योजना अधुरै रहेका हुन्।अल्पमतमा परेर कात्तिक १० गते एमाले सरकारबाट बाहिरिएपछि गठबन्धनबाट नेतृत्व गर्दै कात्तिक ११ गते राजेन्द्र पाण्डे मुख्यमन्त्री भएका थिए। सरकारको नेतृत्व गरेको केही महिनामा नै मुख्यमन्त्री पाण्डेले चालू आव ०७८/७९ को नीति त