प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो चरणको मत परिणाम अनुसार नजितेपछि सुरुमा गृहमन्त्री बालकृष्ण खाँणमार्फत् सन्देश पठाए । त्यसपछि आफैं प्रकाशमान सिंहको निवास चाक्सीबारी पुगे । उनी जानुभन्दा अघि नै शेखर कोइराला पनि चाक्सीबारी पुगेका थिए । उता विमलेन्द्र निधिले सिंहलाई फोन गरेर कोइरालालाई सघाउन आग्रह गरेका छन् ।