वडा अध्यक्ष र स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

भारतबाट आएका व्यक्तिहरूको व्यवस्थापनसँगै कोरोना नियन्त्रणमा सक्रिय रहेका साँफेबगर नगरपालिकाका एक वडा अध्यक्षमा समेत कोरोना पुष्टि भएको छ । साँफेबगर नगरपालिका एक वडा अध्यक्षलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । असार ५ गते स्वाब सङ्कलन गरेर सेती प्रादेशिक अस्पताल धनगढी पठाइएकोमा मङ्गलबार प्राप्त रिपोर्टमा वडा अध्यक्षसहित १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ । स्वाब सङ्कलनको अघिल्लो दिन वडासभा, असार १० गतेको नगरसभा र वडामा मङ्गलबार दिउँसोसम्म सक्रिय रहेको भए पनि हाल वडामै रहेको विद्यालयको आइसोलेसन कक्षमा बस्नुभएकाे वडा अध्यक्षले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

पर्सामा मेयर र पाँच वडाध्यक्षसहित थप ९८ जनामा कोरोना पुष्टि

पोखरिया नगरपालिकाका नगरप्रमुख दीपनारायणप्रसाद रौनियार, पाँच जना वडा अध्यक्ष र जिल्ला अस्पताल पोखरियाका मेडिकल सुपरिटेन्डेन्टसहित पर्सा जिल्लामा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यिमध्ये ९२ जनामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुको रिपोर्ट अनुसार र ६ जनामा नारायणी अस्पतालको रिपोर्ट अनुसार पिसिआर जाँचमा कोरोना पुष्टि भएको हो।

कोरोना देखिएपछि गोरखाको वडा सिल

काठमाडौं : गोरखा नगरपालिका ९ स्थित लक्ष्मी बजारकी एक युवतीलाई कोरोना संक्रमण पुष्टि भएपछि वडा सिल गरिएको छ। लक्ष्मी बजारमा व्यवसाय सञ्चालन गर्दै आइरहेकी २४ वर्षकी ति युवती सामान लिन काठमाडौं आउँदा स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो।   वडा अध्यक्ष कुल बहादुर कुँवरले सूचना जारी गरी वडा सिलसँगै वडा कार्या...

राजधानीको महावौद्धमा कोरोना संक्रमित भेटिएपछि त्रास

काठमाडौंको व्यापारिक केन्द्र मानिने महाबौद्धमा कोरोना संक्रमित फेला परेपछि त्रास बढेको छ। आइतबार एकै परिवारका पाँच जनालाई कोरोना पुष्टि भएपछि त्रास बढेको हो। हाल संक्रमित भेटिएको सय मिटर आसपासका पसलहरु बन्द गरिएको वडा नम्बर २७ का वडा अध्यक्ष चिनियाँमान बज्रचार्यले जानकारी दिए। ति संक्रमितले महाबौद्धको गणेशमन्दीर नजिकै अन्डरगार्मेन्डको पसल संचालन गर्दै आएका थिए।

अछाममा कोरोना सङ्क्रमितको सङ्ख्या ६०३ पुग्यो

सदरमुकामस्थित मङ्गलसेन नगरपालिकाका तीन जना कर्मचारीसहित १८ जनालाई बुधबार कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा ६०३ जनालाई सङ्क्रमण भएको छ । नगरपालिकाको शिक्षा, कृषि शाखाका एक जना र एकजना टिप्पर ड्राइभरलाई कोरोना देखिएको हो । नगरपालिकाकाले तीनै जनालाई आइसोलेसनमा पठाइसकेको छ भने कार्यालय भने सामान्य रुपमा चलिरहेको छ । यसअघि कोरोना पुष्टि भएका साँफेबगर नगरपालिकाका एक वडा अध्यक्ष, एक स्वास्थ्यकर्मी र पञ्चदेवल विनायक नगरपालिकाका एक स्वास्थ्यकर्मी आइसोलेसन कक्षमा रहुनुभएकाे छ ।

दैलेखको नारायण नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीसहित ९ जनामा कोरोना संक्रमण

दैलेख । जिल्ला सदरमुकाममा रहेको नारायण नगरपालिका २ जना जनप्रतिनिधि र ७ जना नगरपालिकाका कर्मचारीसहित नौ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला अस्पताल दैलेखको प्रयोगशालामा गरिएको पीसीआर परिक्षण गर्दा ९ जनामा कोराना पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा एक महिला जनप्रतिनिधि र एक वडा अध्यक्ष रहेको दैलेख अस्पतालका कोरोना फोकलपर्सन थिरप्रसाद रेग्मीले जानकारी …

चितवनबाट हिँडेरै सप्तरी पुगेका थिए कोरोना सङ्क्रमित युवा

सप्तरी - सप्तरीमा कोरोना सङ्क्रमण पुष्टि भएका युवा चितवनबाट केही दिनअघि मात्रै जिल्ला पुगेको खुलेको छ ।  चितवनमा मजदुरी गरेर बसेका उनी तीन/चार दिनअघि मात्र हिँडेरै सप्तरी पुगेको खुलेको हो । सप्तरी पुगेर घरमै बसेका उनमा कोरोना पुष्टि भएपछि आज घरबाट गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएको वडा अध्यक्ष प्रदीपक...