नेपालमा लोकतन्त्रलाई अहिले दुईतर्फबाट खतरा भइरहेको देखिन्छ । एउटा, नेपालका पुराना दलहरूको रवैयाबाट, र दोस्रो, दक्षिणपन्थीहरू (राजावादी र हिन्दु राष्ट्रवादी) बाट । हुन त लोकतन्त्र जहिले पनि संकटमै हुन्छ किनभने यसमा विभिन्न किसिमका स्वतन्त्रता भएकाले वादविवाद, सहमति–असहमति भई नै राख्छ जसले गर्दा लोकले यसलाई सधैं मलजल र हिफाजत गरिराख्नुपर्ने हुन्छ ।