जुम्लामा स्वास्थ्य शिविरबाट तीन सय बढी लाभान्वित

जुम्ला, २३ फागुन । जुम्लाको सिञ्जा गाउँपालिकाका तीनवटा स्वास्थ्यचौकीमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट तीन सय २७ महिला लाभान्वित भएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लासँग समन्वय गरी पालिकाको स्वास्थ्य शाखाले शिविर सञ्चालन गरेको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए । पालिकाभित्रका स्वास्थ्य संस्थाबाट शिविर सञ्चालन गरिएको अध्यक्ष धितालले भने, “नराकोट स्वास्थ्यचौकीमा एक सय एक, […]

सम्बन्धित सामग्री

निःशुल्क स्वास्थ्य शिविरमा ६ सय २६ सय जना लाभान्वित

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८, तेजनगरमा आयोजना गरिएको निःशुल्क आँखा तथा स्वास्थ्य शिविरमा ६ सय २६ सय जना लाभान्वित भएका छन्। शनिबार स्थानीय मनकामना माध्यमिक विद्यालयको परिसरमा सञ्चालन गरिएको उक्त शिविरबाट वडा नम्बर १, १८ र जानकी गाउँपालिका वडा नं।३ लगायतका विद्यालयका शिक्षक विद्यार्थी, अभिभावक र सर्वसाधारण नागरिक निःशुल्क स्वास्थ्य परीक्षण, औषधी र […]

स्वास्थ्य सेवा विभाग अन्तर्गतका आठ सय भन्दा बढी कर्मचारीको स्तरवृद्धि

स्वास्थ्य सेवा विभाग अन्तर्गत कार्यरत आठ सय भन्दा बढी कर्मचारीको स्तरवृद्धि भएको छ।

जुम्लाको सिञ्जामा स्वास्थ्य शिविरबाट ३ सय बढी महिलाले सेवा लिए

काठमाडौं । जुम्लाको सिञ्जा गाउँपालिकाका-३ सय २७ जना महिलाहरूले पाठेघरको मुखको क्यान्सरको उपचार गराएका छन् । उनीहरूले ३ दिने पालिका स्तरीय महिला प्रजनन सम्बन्धी घुम्ती स्वास्थ्य शिविरबाट स्वास्थ्य उपचार गरेका हुन् । जिल्लाको धापामा ७७, नराकोटमा १ सय र शनिगाँउ स्वास्थ्य चौकीमा १ सय ५० जना महिलाहरूले सेवा लिएका छन् । ४ जनालाई अप्रेसनका लागि […]

रुपन्देहीको सियारीमा निःशुल्क स्वास्थ्य शिविर : ८ सय बढीको स्वास्थ्य परीक्षण

रुपन्देहीको सियारी गाउँपालिकामा वृहत् स्वास्थ्य शिविर गरिएको छ । सियारी गाउँपालिका, क्रिमसन अस्पताल र लुम्बिनी रण अम्बीका आँखा अस्पतालको संयोजनमा गरिएको स्वास्थ्य शिविरमा ८ सय बढी नागरिकले स्वास्थ्य जाँच गराएका छन् ।सियारी गाउँवासीलाई स्वस्थ राख्ने उद्देश्यले गाउँपालिको वार्ड  २ मैनहिया माविमा भएको स्वास्थ्य शिविरमा मुटु रोग, फिसिसियन सेवा, महिला तथा प्रस्तुति सेवा तथा बालरोग सेवा र आँखाको जाँच गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्धिबहादुर घर्तीले जानकारी दिए ।रोगका विषयमा सचेतना फ

एक सय परिवारको निःशुल्क स्वास्थ्य बीमा

काठमाडौँ,२३ कार्तिक । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१६ ले गरिब तथा विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा अभियान सुरु गरेको छ । स्थानीयको स्वास्थ्य उपचार सहजताका लागि वडा कार्यालयले निःशुल्क बीमा कार्यक्रम थालनी गरेको वडाध्यक्ष विनोद मल्लले बताए । उक्त वडामा पहिलो चरणमा सय विपन्न परिवारलाई स्वास्थ्य बीमा गरिदिने कार्यक्रम सोमबारबाट सुरु भएको वडाध्यक्ष मल्लले जानकारी दिए […]

नोबेलको स्वास्थ्य शिविरबाट ७ सय विरामी लाभान्वित

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बुधबार मोरङको सुन्दरहरैचा नगरपालिका–१२ स्थित विराटचोकमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । विराट चेस क्लबसँग सहकार्य गरेर एक दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा ७ सय ६५ विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा १ सय ४५ जनाको इसीजी, १ सय ९४ जनाको रक्त परीक्षण र १ सय ९७ जनाको भिडियो एक्सरे गरिएको छ । दाँतमा समस्या भएर शिविरमा आएका ३७ जनाको दाँत उखेलिएको छ

कतारमा २ सय नेपालीको स्वास्थ्य परीक्षण

दोहा – कतारमा २ सय बढीको नेपालीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद (एनआरएनए) कतारले आयोजना गरेको कार्यक्रममा २ सय बढीको नेपालीले निःशुल्क स्वास्थ्य परीक्षण गरेको एनआरएनए कतारका प्रवक्ता सन्तोष क्षत्री जानकारी दिए । यहाँ रहेका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको लागि लक्षित गरी शुक्रबार एक दिने निःशुल्क स्वास्थ्य परीक्षण […]

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका तीन सय ५६ जनाको एकमुष्ट स्वास्थ्य बिमा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले तीन सय ५६ जनाको एकमुष्ट स्वास्थ्य बिमा गरेको छ । प्रतिष्ठानले स्वास्थ्यकर्मी, शिक्षक, कर्मचारी गरी दुई सय २७ जना र प्रतिष्ठानमा अध्ययनरत एक सय...

स्वास्थ्य मन्त्रीले सार्वजनिक गरे १ सय दिने प्राथमिकता

प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले एकसय दिने प्राथमिकता सार्वजनिक गरेका छन्। आइतबार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री यादवले २० बुँदामा १ सय दिने प्रथमिकता सार्वजनिक गरेका हुन्।...

सेनाले नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरी ४ सय १० जनालाई दियो स्वास्थ्य सेवा

नेपाली सेनाले बारामा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरी ४ सय १० जना सर्वसाधारणलाई स्वास्थ्य सेवा प्रदान गरेको छ । सेनाको श्री नं. २८ बाहिनी अड्डा र श्री नं. २८ फिल्ड एम्बुलेन्स गुल्मको सहकार्यमा बाराको करैयामाई गाउँपालिका- ७ जनता माविको प्रांगणमा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । शिविरमा १ सय ९५ महिला, १ सय ३१ पुरुष तथा ७६ बालबालिकालाई स्वास्थ्य सेवा प्रदान गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सेना र नागरिकबीचको सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले जेनरल ओपीडी तथा डेन्टल शिविर सञ्चालन गरिएको निर्देशनालयले...