नोबेलको स्वास्थ्य शिविरबाट ७ सय विरामी लाभान्वित

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बुधबार मोरङको सुन्दरहरैचा नगरपालिका–१२ स्थित विराटचोकमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । विराट चेस क्लबसँग सहकार्य गरेर एक दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा ७ सय ६५ विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा १ सय ४५ जनाको इसीजी, १ सय ९४ जनाको रक्त परीक्षण र १ सय ९७ जनाको भिडियो एक्सरे गरिएको छ । दाँतमा समस्या भएर शिविरमा आएका ३७ जनाको दाँत उखेलिएको छ

सम्बन्धित सामग्री

केएमसीको तीन शिविरबाट ३६ सय विरामीको निःशुल्क उपचार

काठमाडौं मेडिकल कलेजले काठमाडौं र खोटाङका तीन स्थानमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ६ सय ८३ जना विरामी लाभान्वित भएका छन् । खोटाङको हलेसी तुवाचुङ्ग नगरपालिका–७, रावावेसी गाउँपालिका–१ हरनटार कुभिन्डे र काठमाडौं–३१ भीमसेन गोलामा स्थानीय संघसस्थासँग सहकार्य गरी एक÷एक दिन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।       खोटाङको हलेसी तुवाचुङ्गको शिविरमा १ हजार ३ सय ५६, रावावेसीमा १ हजार ४ सय ५५ र काठमाडौंको भीमसेन गोलामा सञ्चालि