अक्सिजन प्रयोग गरिने उद्योग बन्द गर्न स्वास्थ्य मन्त्रालयको पत्राचार

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन प्रयोग गरिने उद्योगधन्दा केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गरेको छ। मन्त्रालयका वरिष्ठ सहायक प्रशासक डा समीरकुमार अधिकारीले भारतमा संक्रमणको अवस्था खराब भई अक्सिजन नपाएर संक्रमितको मृत्यु भइरहेकाले नेपालमा पनि त्यस्तो अवस्था नआओस् भन्नका लागि ती उद्योगधन्दा केही समय बन्द गर्न मन्त्रालयलाई आज पत्राचार गरिएको बताए।रासस

सम्बन्धित सामग्री

उद्योग संघ मकवानपुरले हेटौंडा अस्पतालमा अक्सिजन प्लाण्ट स्थापना गर्ने

उद्योग संघ मकवानपुरको सहयोगमा हेटौँडा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको हुने भएको छ । मंगलबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पताल र उद्योग संघ मकवानपुरबीच अस्पतालमा अक्सिजन प्लान्ट निमार्णको सम्झौता भएको हो । सामजिक विकास मन्त्रालयको उपस्थितिमा आगामी ३० दिन भित्र निर्माण सम्पन्न गर्ने गरी प्लान्ट स्थापनाका लागि सम्झौता गरिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले जानकारी दिए । उनका अनुसार, कुल १ करोड २८ लाख लागतमा दैनिक १ सय १०

अक्सिजन प्लान्ट निर्माण गर्न हेटौँडा अस्पताल र उद्योग संघबीच सम्झौता

हेटौँडा : वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको लागि आज अस्पताल र उद्योग संघ हेटौँडाबीच सम्झौता भएको छ। सामाजिक विकास मन्त्रालयको रोहबरमा आगामी मे ३० तारिख भित्र निर्माण शुरु हुने गरी सम्झौता भएको हो। सम्झौतामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार एवं हेटौँडा अस्पताल सञ्चालन, व्यवस्थापन समितिका…

उद्योग संघले हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने

मकवानपुर : हेटौंडा र उद्योग संघ मकवानपुरले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत हेटौंडा अस्पतालमा अक्सिजन जेनेरेटर प्लान्ट स्थापना गर्ने भएको छ।अक्सिजन अभावमा अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको उपचारमा समस्या हुन थालेपछि संघले अक्सिजन जेनेरेटर प्लान्ट स्थापना गर्न लागेको हो। मकवानपुरमा अक्सिजन उत्पादन गर्ने प्लान्ट नहुँदा अन्य जिल्लाको भरमा बस्नु परेको भन्दै संघले अस्पतालमा नै प्लान्ट स्थापना गर्न लागेको संघका अध्यक्ष लेखराज पोखरेलले बताए।पोखरेलले एक महिनाभित्र अस्पतालमा

उद्योग परिसंघद्वारा सरकारलाई २०० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) ले सरकारलाई २०० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । मंगलबार परिसंघका पदाधिकारीहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई भेट गरी ८ लिटर क्षमताका २०० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन् ।कन्सन्ट्रेटर हस्तान्तरण गर्दै परिसंघका अध्यक्ष सतिषकुमार मोरले राष्ट्रको संकटका बखत नेपालको निजी क्षेत्र सँधै सरकारकै साथमा रहने बताउँदै कोभिड–१९को तिव्र संक्रमणकाबीच अक्सिजन अभावमा छटपटाई रहेका बिरामीलाई केही राहत पुग्ने बताए । सो अव

जगेडा राखिएका सातसय अक्सिजन सिलिन्डर प्रहरीद्वारा नियन्त्रण

जनकपुरधाम : प्रदेश २ विभिन्न उद्योग र कलकारखानाले जगेडा गरेर राखेको सातसय अक्सिजन सिलिन्डर प्रहरीले नियन्त्रणमा लिएको छ।प्रदेश प्रहरी कार्यालयका अनुसार स्वास्थ्य प्रयोजन बाहेकमा अन्य प्रयोजनको लागि उद्योग तथा कलकारखानाले जगेडा राखेका अक्सिजन सिलिन्डर नियन्त्रणमा लिइएको हो।प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ्ग वर्कशप, पसल तथा गोदामहरुमा जगेडा गरि राखिएका अक्सिजन सिलिन्डर प्रहरीले निन्त्रणमा लिएको जानकारी दिए।प्रसाईंले अक्सिजन सह

अक्सिजन आपूर्ति गर्ने जिम्मेवारी उद्योग मन्त्रालयलाई

काठमाडौं। सरकारले देश भित्रका अस्पताललाई कोरोना संक्रमित र अन्य बिरामीको उपचारमा आवश्यक पर्ने अक्सिजन आपूर्ति गर्न उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबारसम्म आवश्यक सिलिण्डरको संख्या निर्धारण गर्ने र सोही अनुसार अक्सिजन आपूर्ति गर्न उद्योग मन्त्रालयलाई भनिएको हो। अक्सिजन उद्योग र अस्पतालहरुबीच सम्बन्ध स्थापित गर्ने,अस्पतालहरुलई अक्सिजन उद्योग डेडिकेटेड गर्ने जिम्मेवारी पनि उद्योग मन्त्रालयलाई दिइएको छ।

अक्सिजन आपूर्ति गर्ने जिम्मेवारी उद्योग मन्त्रालयलाई

काठमाडौं। सरकारले देश भित्रका अस्पताललाई कोरोना संक्रमित र अन्य बिरामीको उपचारमा आवश्यक पर्ने अक्सिजन आपूर्ति गर्न उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबारसम्म आवश्यक सिलिण्डरको संख्या निर्धारण गर्ने र सोही अनुसार अक्सिजन आपूर्ति गर्न उद्योग मन्त्रालयलाई भनिएको हो। अक्सिजन उद्योग र अस्पतालहरुबीच सम्बन्ध स्थापित गर्ने,अस्पतालहरुलई अक्सिजन उद्योग डेडिकेटेड गर्ने जिम्मेवारी पनि उद्योग मन्त्रालयलाई दिइएको छ।

अक्सिजन प्रयोग गरिने उद्योग बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य मन्त्रालयले  उद्योग मन्त्रालयलाई पत्र लेख्दै कोभिड-१९ का सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योगधन्दा केही समय बन्द गर्न आग्रह गरेको हो।

अक्सिजन प्रयोग गरिने उद्योग बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  अक्सिजन प्रयोग गरिने उद्योगधन्दा केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले  उद्योग मन्त्रालयलाई पत्र लेख्दै कोभिड–१९ का सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योगधन्दा केही समय बन्द गर्न आग्रह गरेको हो । मन्त्रालयका वरिष्ठ सहायक प्रशासक डा.समीरकुमार अधिकारीले  भारतमा सङ्क्रमणको अवस्था खराब भई अक्सिजन नपाएर सङ्क्रमितको मृत्यु भइरहेकाले नेपालमा पनि त