काठमाडौं। मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले शुक्रबार मुख्यमन्त्री दाबी पेश गर्न आव्हान गरेका छन्। उनले पुस २८ गते बेलुकी ४ बजेभित्र मुख्यमन्त्री दाबी पेश गर्न दलहरुलाई आव्हान गरेका हुन्। प्रदेशमा एउटै दलसँग बहुमत नभएपछि संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुलाई मिलेर मुख्यमन्त्री दाबी गर्न उनले आव्हान गरेका हुन्।