काठमाडौं : लुम्बिनी प्रदेशमा सत्ता साझेदार दलहरूले नयाँ सरकारका लागि मंगलबार बहुमतसहितको दाबी पेश गर्ने भएका छन्। सत्ता गठबन्धनमा आबद्ध दलहरूले लुम्बिनी प्रदेशमा नेकपा एमालेका संसदीय दलका नेता लीला गिरीको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेश गर्ने तयारी गरेका हुन्। प्रदेश प्रमुख शेरचनले नयाँ सरकार गठनका लागि बुधबारसम्मको समयसीमा दिएकोमा एक दिनअघि नै दलहरूले दाबी पेश गर्न लागेको नेकपा एमालेका प्रदेश सभा सांसद भूमिश्वर ढकालले बताए। उनका अनुसार