शिक्षकहरुलाई कक्षाकोठामा मोबाइल चलाउन नदिन प्रअहरुलाई नीलकण्ठ नगरपालिकाको निर्देशन

काठमाडौं,२७ पुस । धादिङको नीलकण्ठ नगरपालिकाले संस्थागत र सामुदायिक विद्यालयका शिक्षकहरूलाई विद्यालय समयमा मोबाइल फोन चलाउन प्रतिबन्ध लगाएको छ । नगरपालिकाले विद्यालयका नाममा ५ बुँदे निर्देशन जारी गर्दै कक्षाकोठामा मोलाइल प्रयोग नगर्न, गर्नैपरे खाजा खाने समयमा मात्र प्रयोग गर्न र अन्य बेला प्रधानाध्यापकले मोबाइल सुरक्षित राख्न भनेको छ । नगरपालिकाका शिक्षा अधिकृत प्रकाश दत्त भट्टले […]

सम्बन्धित सामग्री

ग्लोबल आइएमई बैंक र नीलकण्ठ नगरपालिकाबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र धादिङको नीलकण्ठ नगरपालिकाबीच सम्झौता गरिएको छ । उद्यमशीलता कार्यक्रमअन्तर्गत नगरवासीलाई उद्यमी तथा स्वरोजगार कर्जा लगानीमा ब्याज अनुदान उपलब्ध गराउने सम्बन्धमा दुई पक्षीय सम्झौता गरिएको हो । सम्झौतापत्रमा नीलकण्ठ नगरपालिका प्रमुख भीमप्रसाद ढुंगाना र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार बैंकले नीलकण्ठ नगरपालिकाको मेयर उद्यमशीलता विकास कार्यक्रमअन्तर्गत उद्यमशीलता तथा वित्तीय साक्षरता तालीम लिएका नगरवासीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ । नगरपालिकाको सिफारिशमा दिइने कर्जा व्यावसायिक बाख्रापालन, डेरी, तरकारीखेती, कुखुरापालन, माछापालन, विभिन्न फलफूलको उत्पादनलगायत लघु उद्यम लक्षित हुने बैंकले बताएको छ । सोही अवसरमा बैंकले वित्तीय साक्षरता कार्यक्रम पनि गरेको थियो । मुलुकभर सबै जिल्लामा शाखा सञ्चालन गरिरहेको बैंकले ३६७ एटीएम र २८६ शाखारहित बैंकिङमार्फत कारोबार गर्दै आएको छ ।

धादिङको धुवाँकोटमा माघे सङ्क्रान्तिमा गोरु जुधाइने

धादिङ । माघे सङ्क्रान्तिको अवसर पारेर धादिङको नीलकण्ठ नगरपालिका–१४ धुवाँकोटस्थित भङ्गेरीमा गोरु जुधाई र कृषि तथा हस्तकला प्रदर्शनीको आयोजना गरिएको छ । नीलकण्ठ नगरपालिकाको सहयोगमा संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धन केन्द्र धुवाँकोटले मेलाको आयोजना गरेको

माघे सङ्क्रान्तिमा धादिङको धुवाँकोटमा गोरु जुधाई प्रतियोगिता हुने

काठमाडौँ- माघे सङ्क्रान्तिको अवसर पारेर धादिङको नीलकण्ठ नगरपालिका–१४ धुवाँकोटस्थित भङ्गेरीमा गोरु जुधाई र कृषि तथा हस्तकला प्रदर्शनीको आयोजना हुने भएको छ । नीलकण्ठ नगरपालिकाको सहयोगमा संस्कृति संरक्षण तथा पर्यटन प्रवर्द्धन केन्द्र धुवाँकोटले मेलाको आयोजना गरेको हो । परम्परादेखिनै गोरु जुधाउँदै आएको धुवाँकोटको भङ्गेरीमा यस वर्ष १७ हल गोरु जुधाइने केन्द्रका अध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए […]

नेपाल नगरपालिका सङ्घको अध्यक्षमा भीम ढुङ्गाना चयन

काठमाण्डौ - देशभरिका २ सय ९३ नगरपालिकाको साझा सङ्घ नेपाल नगरपालिका सङ्घको अध्यक्षमा भीम ढुङ्गाना चयन हुनुभएको छ । काठमाण्डौमा भएको आठौँ महाधिवेशनले धादिङको नीलकण्ठ नगरपालिका मेयर ढुङ्गानाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा कृष्णप्रसाद सापकोटा, महासचिवमा नरुलाल चौधरी, उपमहासचिवमा सुनिता डङ्गोल, कोषाध्यक्षमा विमला राई र सहकोषाध्यक्षमा मीनाकुमारी लामा रहनुभएको छ । नयाँ कार्यसमितिको कार्यकाल ५ वर्षको हुनेछ । हिजो काठमाण्डौमा सम्पन्न आठौँ राष्ट्रिय अधिवेशनले २५ बुँदे घोषणा...

सेनेटरी प्याड बनाउन छात्राहरुलाई तालिम

धादिङको नीलकण्ठ नगरपालिका ९ मा रहेको पाल्पा सामरी भञ्ज्याङ माध्यमिक विद्यालय र १४ मा रहेको सरस्वती माध्यमिक विद्यालयका किशोरीहरु आफ्ना लागि आवश्यक हुने सेनेटरी प्याड आफै बनाउन थालेका छन् । नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा विद्यालयमा अध्ययनरत किशोरीलाई सेनेटरी प्याड बनाउने तालिम दिइए पछि आवश्यक प्याड बनाउन थालेका हुन् ।

धादिङमा पहिलो दलित छात्रावास बनाइँदै

धादिङ : जिल्लाको दलित समुदायभित्रका असहाय, गरिब र जेहेन्दार विद्यार्थीका लागि धादिङबेसीनजिकै जिल्लाको पहिलो दलित छात्रबासको निर्माण शुरु गरिएको छ। धादिङको नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा नीलकण्ठ नगरपालिका-४ मा निर्माण भइरहेको दलित छात्रावास भवन निर्माणका लागि दलित सशक्तीकरण संघ बागमती प्रदेशले संयोजन गरेको छ। संघले ...