काठमाण्डौ - देशभरिका २ सय ९३ नगरपालिकाको साझा सङ्घ नेपाल नगरपालिका सङ्घको अध्यक्षमा भीम ढुङ्गाना चयन हुनुभएको छ ।
काठमाण्डौमा भएको आठौँ महाधिवेशनले धादिङको नीलकण्ठ नगरपालिका मेयर ढुङ्गानाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा कृष्णप्रसाद सापकोटा, महासचिवमा नरुलाल चौधरी, उपमहासचिवमा सुनिता डङ्गोल, कोषाध्यक्षमा विमला राई र सहकोषाध्यक्षमा मीनाकुमारी लामा रहनुभएको छ । नयाँ कार्यसमितिको कार्यकाल ५ वर्षको हुनेछ ।
हिजो काठमाण्डौमा सम्पन्न आठौँ राष्ट्रिय अधिवेशनले २५ बुँदे घोषणा...