लोकतन्त्रका लागि युरोप र अमेरिकालाई विश्वभर अहिले सिस्टमका रूपमा लिइन्छ । भारतलाई बिग्रेको सिस्टमभित्र सिस्टम खोजी भएको मुलुकका रूपमा लिइन्छ भने नेपाललाई चाहिँ कहिल्यै सिस्टम नै नभएको मुलुकका रूपमा लिइन्छ । सन् १९९३ मा भएको चुनावमा भारतका मुख्य चुनाव आयुक्त टीएन शेषनले भारतका बडेबडे मुख्यमन्त्री, मन्त्री र सरकारलाई नै चुनावका बेला आचारसंहिताका नाममा बनेका लुज […]