नुवाकोट कांग्रेसले आफ्नो कार्यालयमा २२ बेडको अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमण भई अक्सिजनको अभाव र सुरक्षित एकान्तवासको अभाव झेल्दै आएका बिरामीहरूका लागि पार्टीको कार्यालयमा २२ बेडको...
नुवाकोट, असार २४ । नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकाले कोरोना महामारीबाट बालबालिकालाई सुरक्षित राख्न १० शय्याको सुबिधा सम्पन्न आइसोलेसन सेन्टर स्थापना गरेको छ । कोरोना भाइरसको दोस्रो लहरबाट मुक्ति नपाउँदै तेस्रो लहर आउने र त्यसको प्रत्यक्ष असरमा बालबालिका पर्ने वैज्ञानिक र चिकित्सकहरुले बताइरहेका बेला नुवाकोटकै दुर्गम मानिएको गाउँपालिका दुप्चेश्वरले भने एक कदम अगाडी नै तयारी थालेको […]
नुवाकोट । कोरोना भाइरसबाट संक्रमित बिरामीको उपचार गर्न नुवाकोटका सबै स्थानीय तहले अक्सिजनसहितको आइसोलेशन केन्द्र स्थापना गरेका छन् । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार बुधवारसम्ममा जिल्लाका १२ ओटा स्थानीय तहसहित नेपाली सेनाको नं एक तालीम गण र त्रिशूली अस्पतालमा गरेर २२२ शøयाको आइसोलेसन सञ्चालनमा ल्याइएको छ ।
स्वास्थ्य कार्यालयका सूचना अधिकृत उत्तमराज खनालका अनुसार जिल्लाका अधिकांश स्थानीय तहले पहिलो चरणको कोरोना महामारीको समयमा तयार गरेका आइसोलेसनलाई पुनः सञ्चालनमा ल्याएका छन् भने केहीले यसअघि बनाएको क्वारेन्टिनलाई स्तरोन्नति गरेर हाल आइसोलेशन केन्द्रमा रूपान्तरण गरेका छन् ।
‘स्थानीय तहले बनाएका आइसोलेसनमा चिकित्सक, अक्सिजन सिलिण्डरसहितको सुविधा उपलब्ध छ’, सूचना अधिकृत खनालले भने, ‘कोरोना संक्रमितको स्वास्थ्य समस्या नभएसम्म घरमै बस्न र कमजोर महशुस भएमा स्वास्थ्यकर्मीसँग सम्पर्क राख्न भनेकाले हाल नुवाकोटमा बिरामीको उपचारका लागि शøयाको अभाव देखिँदैन ।’
आइसोलेशन कक्षमा अक्सिजन सहित अक्सिजन कन्सन्ट्रेटर, पल्स–अक्सोमिटर, पीपीई, भाइरस परीक्षण गर्ने एण्टिजेन कीट, पीसीआरका लागि स्वाब संकलन गर्न भीटीएम सहितको सुविधा रहेको जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले जानकारी दिए । जिल्लाका स्थानीय तहहरू विदुर, बेलकोटगढी, तादी, शिवपुरी, ककनी, म्यागङले बनाएको केन्द्रमा चिकित्सक सहित बिरामीको उपचार सेवाका लागि स्वास्थ्यकर्मी खटाइएको छ । स्वास्थ्य कार्यालय र जिससले ती केन्द्रको अनुगमन गरेर गर्नुपर्ने सुधारदेखि आवश्यकता अनुसार शय्या बढाउने तयारी गर्न सुझाव दिएका थिए । हाल २०० शय्या रहेकोमा आवश्यकताको आधारमा वृद्धि गरेर ३०० सम्म पु¥याउन सकिने स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेले जानकारी दिए ।
बाग्मती प्रदेशको राजधानी मकवानपुरसहित सबैजसो जिल्लामा पछिल्लो समय कोरोना भाइरस सङ्क्रमण बढ्दो छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै कोरोनाको जोखिम कम गर्न स्थानीय तह र प्रशासनले लकडाउन र निषेधाज्ञा जारी गरेका छन् ।
मकवानपुरको हेटौँडा उपमहानगर र मनहरी गाउँपालिकाअन्तर्गत पर्ने राजमार्ग क्षेत्र, भरतपुर नगरपालिका, धादिङको धादिङबेँसी र नुवाकोट जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । यस्तै दोलखा, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक जिल्लाका कतिपय स्थानीय तहले आवागमनमा कडाइ गरेसँगै कोरोना सङ्क्रमण फैलिन नदिन लकडाउन गरेका छन् । आइसोलेसन, क्वारेन्टाइन र पीसीआर परीक्षणको पहुँच विस्तारलगायतको पूर्वतयारी बिना निषेधाज्ञा र लकडाउन गरिएको भन्दै कतिपयले आपत्तिसमेत जनाएका छन् ।
नुवाकोट त्रिशुली जिल्ला अस्पतालमा कार्यरत सातजना कर्मचारीसहित आठ जनामा आरडीटी परीक्षण गर्दा कोरोना पोजेटिभ भेटिएको छ । १६८ जनामा -यापिड डाइग्नोस्टिक (आरडीटी) टेस्ट गर्दा आठजनामा कोरोना पोजेटिभ देखिएको हो ।
आरडीटी टेस्ट गर्दा आठजनामा शङ्कास्पद नतिजा देखिएको जिल्ला अस्पताल त्रिशूलीले जानकारी दिएको छ । आरडीटी टेस्ट पोजेटिभ देखिएकामध्ये एकजना त्रिशूली अस्पतालको आइसोलेसन वार्डमा रहेका बिरामी र बाँकी अस्पतालका कर्मचारी रहेको त्रिशूली अस्पताल नुवाकोटका प्रमुख तथा मेडिकल सुपरिटेन्डेन डा. रेमकुमार राईले जानकारी दिनुभयो ।