रौतहट : केही दिनदेखि तराईमा प्रचण्ड गर्मीले जनजीवन कष्टकर बनेको छ। घरभित्र पनि गर्मी अत्यधिक हुने र घरबाहिर अत्यन्त चर्को घाम हुने भएपछि जनजीवन कष्टकर भएको हो।लामो समयसम्म पानी नपरेपछि आकाशे पानीको भरमा खेती गर्दै आएका रौतहटका किसान चिन्तित बनेका छन्। खेती किसानीबाट जीविका चलाउँदै आएका उनीहरूले लगाएका तरकारीका बोट सुक्दै गएको देखेर चिन्तित परेका हुन्।लामो समयसम्म पानी नपरेर सिँचाइका अन्य विकल्प नपाइएपछि धमाधम बोटमै तरकारी सुक्न थालेकाले किसानमा चिन्ता बढाएको हो। खेतबारीमा भण्टा, परबल, घिरौला, झि
मोरङ । मोरङमा केही दिनदेखि गर्मी अत्यधिक बढेको छ । गर्मी ह्वात्तै बढेपछि यहाँको जनजीवन कष्टकर बनेको छ । बिहानैदेखि चल्ने तातो हावाका कारण सर्वसाधारणलाई दैनिक क्रियाकलाप गर्न असहज बन्दै गएको छ । वृद्धवृद्धादेखि बालबालिकासम्मलाई गर्मीका कारण बढी समस्या भएको छ । बिहानदेखि घर बाहिर हिँडडुल गर्न मुस्किल भएको छ । गर्मीबाट बच्नका लागि सर्वसाधारणले […]
विरगंज । विगत केही दिनयता बढेको अत्यधिक गर्मीका कारण पर्सासहित तराई मधेसका जिल्लाको जनजीवन कष्टकर बनेको छ । पश्चिमी वायुको प्रभावले चलेको तातो हावा र लामो समयदेखि वर्षा नभएका कारण गर्मी अत्यधिक बढेपछि जनजीवन कष्टकर बनेको हो । विगत एक सातादेखि दैनिक ४० देखि ४४ डिग्री सेल्सियससम्म तापक्रम बढ्ने गरेकाले बजारमा सर्वसाधारणको चहलपहल ह्वात्तै घटेको […]
वीरगञ्ज । विगत केही दिनयता बढेको अत्यधिक गर्मीका कारण पर्सासहित तराई मधेसका जिल्लाको जनजीवन कष्टकर बनेको छ । पश्चिमी वायुको प्रभावले चलेको तातो हावा र लामो समयदेखि वर्षा नभएका कारण गर्मी अत्यधिक बढेपछि जनजीवन कष्टकर बनेको हो ।
विगत एक सातादेखि दैनिक ४० देखि ४४ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने गरेकाले बजारमा सर्वसाधारणको चहलपहल ह्वात्तै घटेको वीरगञ्जका व्यापारी रामकृष्ण साहले बताए । यस्तै अत्यधिक गर्मीका कारण जिल्लास्थित अधिकांश सरकारी कार्यालयमा सेवाग्राही घटेका छन् ।
अचानक बढेको तापक्रमका कारण जिल्लामा बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । गर्मीका कारण झाडापखाला, निमोनिया, भाइरल ज्वरो, पेट दुख्ने, टाउको दुख्नेलगायतका समस्याबाट पीडित बिरामी बढेका वीरगञ्जस्थित नारायणी अस्पतालका प्रवक्ता उदयनारायण सिंहले जानकारी दिए ।
उनका अनुसार अहिले दैनिक छ सयदेखि आठ सयसम्म बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन् । त्यसका कारण अस्पतालमा शय्याको अभाव हुँदा बिरामीलाई अन्यत्र पठाउनुपर्ने अवस्था रहेको प्रवक्ता सिंहले बताए ।
गर्मीका कारणसबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा तथा मजदुरी गर्ने बढी प्रभावित भएका छन् । दिउँसोको समयमा तापक्रम उच्च भएका बेला चल्ने तातो हावाले कडा श्रम गर्ने व्यक्तिलाई लु लाग्ने जोखिम बढेको चिकित्सकको भनाइ छ । गर्मीका कारण बजारमा चिसो पेयपदार्थ, फलफूलको जुस र चिसो पानीको बिक्री बढेको व्यापारी बताउँछन् । रासस
अत्यधिक गर्मीले जनजीवन प्रभावित भएको छ। बिहान एक छिन शीतल भए पनि प्रायः नौ बजेपछि घाम चर्किने र दिउँसोको बाह्र नबज्दै हावा तातो हुने हुनाले जनजीवन प्रभावित भएको हो।...
अत्यधिक गर्मीले जनजीवन प्रभावित भएको छ। बिहान एक छिन शीतल भए पनि प्रायः नौ बजेपछि घाम चर्किने र दिउँसोको बाह्र नबज्दै हावा तातो हुने हुनाले जनजीवन प्रभावित भएको हो।...
तराई क्षेत्रमा अत्यधिक गर्मी बढेपछि जनजीवन कष्टकर बनेको छ। लुम्बिनी प्रदेशका बाँके, रुपन्देही, कपिलवस्तु, नवलपरासी, दाङ र बर्दियामा गर्मीले जनजीवन प्रभावित भएको छ। अन्तर्राष्ट्रिय जगत्मा विश्वसनीय मानिने एक्यु वेदर नामक वेबसाइटका अनुसार लुम्बिनी प्रदेशमा बाँके जिल्लाको तामव्रmम सबैभन्दा बढी दैनिक ४१ देखि ४४ डिग्री सेन्टिग्रेडसम्म पुग्ने गरेको छ भने रुपन्देहीको भैरहवामा पनि ४० देखि ४३ डिग्रीसम्म तापक्रम पुग्ने गरेको छ। जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान शाखाले पनि अझै केही दिन तराईमा गर्मी नघट्ने जनाएको छ। तराईका जिल्लामा गर्मी बढेसँगै जनजीवन कष्टकर बन्ने गरेको छ। अत्यधिक गर्मीका कारण तातो हावा (लु) चलेर मानिसह बिरामी पर्ने गरेका छन्।
मनसुन सक्रिय नभएका कारण पश्चिम तराईमा चर्को घाम र गर्मीले जनजीवन कष्टकर बन्दै गएको छ । बर्दियामा मंगलबार दिउँसोको तापक्रम ४० डिग्री सेल्सियस रहेको छ । गर्मीका कारण दिनभर आवश्यक कामबाहेक स्थानीय घर बाहिर निस्केका छैनन् । गर्मीले अस्पतालमा बिरामीको संख्या बढ्दै गएको छ ।