नेपालगञ्जमा अत्यधिक गर्मीले जनजीवन कष्टकर भएका बेला विद्युत् सेवा अनियमित हुँदा थप समस्या

नेपालगञ्ज- बाँकेको नेपालगञ्जमा अत्यधिक गर्मीले जनजीवन कष्टकर भएका बेला विद्युत् सेवा अनियमित हुँदा थप समस्या भएको छ । विद्युतको माग बढी भएकाले ‘ओभरलोड’ हुँदा विद्युत् अनियमित हुने लगायतका समस्या देखिएका नेपालगञ्ज विद्युत् वितरण केन्द्रले जनाएको छ ।  केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले अत्यधिक गर्मी बढिरह...

सम्बन्धित सामग्री

अत्यधिक गर्मीले जनजीवन कष्टकर

तराई क्षेत्रमा अत्यधिक गर्मी बढेपछि जनजीवन कष्टकर बनेको छ। लुम्बिनी प्रदेशका बाँके, रुपन्देही, कपिलवस्तु, नवलपरासी, दाङ र बर्दियामा गर्मीले जनजीवन प्रभावित भएको छ। अन्तर्राष्ट्रिय जगत्मा विश्वसनीय मानिने एक्यु वेदर नामक वेबसाइटका अनुसार लुम्बिनी प्रदेशमा बाँके जिल्लाको तामव्रmम सबैभन्दा बढी दैनिक ४१ देखि ४४ डिग्री सेन्टिग्रेडसम्म पुग्ने गरेको छ भने रुपन्देहीको भैरहवामा पनि ४० देखि ४३ डिग्रीसम्म तापक्रम पुग्ने गरेको छ। जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान शाखाले पनि अझै केही दिन तराईमा गर्मी नघट्ने जनाएको छ। तराईका जिल्लामा गर्मी बढेसँगै जनजीवन कष्टकर बन्ने गरेको छ। अत्यधिक गर्मीका कारण तातो हावा (लु) चलेर मानिसह बिरामी पर्ने गरेका छन्।