पोखरा। नेकपा एमालेकी मञ्जुदेवी गुरुङले पोखरा महनगगरपालिकाको लागि पाएको उपमेयर पदको टिकट अस्वीकार गरेकी छन्। आफूले कुनै पदमा आकांक्षा नराखेको र उम्मेद्वार बनाउँदासमेत आफूलाई नसोधेको भन्दै उनले टिकट अस्वीकार गरेकी हुन्।
पार्टीले अझैसम्म आधिकारिक रुपमा जानकारी नदिएको र दिइसकेपछि आफ्नो धारणा सार्वजनिक गर्ने उनले बताएकी छन्।