पोखरा । पोखरामा नेकपा एमालेकी मञ्जुदेवी गुरुङले उपमेयर पद अस्वीकार गरेकी छन् । आफूले कुनै पदमा आकाङ्क्षा नराखेको र उम्मेदवार बनाउँदासमेत आफूलाई नसोधेको उनको भनाइ छ । पार्टीले अझैसम्म आधिकारिक रुपमा जानकारी नदिएको र दिइसकेपछि आफ्नो धारणा सार्वजनिक गर्ने उनले बताएकी छन् ।