रौतहट । नेकपा एमालेका स्थायी समिति सदस्य प्रभु साहले रौतहट–३ मा प्रतिनिधिसभा सदस्य पदका लागि स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् । पार्टीबाट टिकट पाए पनि स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेका साहले जसपासँग तालमेल गर्ने पार्टीको निर्णयप्रति आफ्नो असहमति रहेको बताए ।जसपासँगको गठबन्धन देशका लागि घातक हुने उनको भनाइ छ । रातोपाटीसँग संक्षिप्त कुरा गर्दै साहले जसपाको राजनीतिभित्र साम्प्रदायिकता रहेको बताए । जसपा अध्यक्ष उपेन्द्र यादवले आफ्नो स्वार्थका लागि जेसुकै गर्नसक्ने भएकाले पनि आफ