एक खेल अघि नै भारतलाई वेस्ट इन्डिजविरूद्धकाे शृंखला

घरेलु टोली भारतले वेस्ट इन्डिजविरुद्धको तीन खेलको एकदिवसीय शृंखला एक खेल अघि नै आफ्नो नियन्त्रणमा राखेको छ ।  बुधबार अहमदाबादमा भएको दोस्रो एकदिवसीयमा ४४ रनको जित निकाल्दै भारतले शृंखलामा लगातार दोस्रो जित निकालेको हो । पहिलो एकदिवसीयमा भारतले वेस्ट इन्डिजलाई ६ विकेटले हराएको थियो । अब अन्तिम खेल शनिबार  हुनेछ  । २३८ रनको विजयी लक्ष्य पछ्याएको भ्रमणकारी टोली वेस्ट इन्डिजले ४६ ओभरमा पूरा विकेट गुमाउदै १९३ रनमा समेटियो ।वेस्ट इन्डिजका  शम्राह ब्रुक्सले सर्वाधिक ४४ रन

सम्बन्धित सामग्री

भारत र वेस्ट इन्डिजबीचको चौथो टी–२० क्रिकेट आज

काठमाण्डाै - भारत र वेस्ट इन्डिजबीचको चौथो टी–२० क्रिकेट आज हुँदैछ । यो खेल बेलुका सवा ८ बजे लाउडरहिलमा शुरु हुनेछ । पाँच खेलको टी–२० शृङ्खलामा घरेलु टोली वेस्ट इन्डिज २–१ ले अगाडि छ । आजको खेल जितेमा वेस्ट इन्डिजले शृङ्खला जित्नेछ भने पराजित हुँदा शृङ्खला २–२ को बराबरी हुनेछ । शृङ्खला जोगाइराख्न भारतलाई जित्नैपर्ने दबाब छ । वेस्ट इन्डिजले पहिलो खेल ४ रन र दोस्रो खेल दुई विकेटले जितेको थियो । तेस्रो खेलमा भारत ७ विकेटले विजयी भएको थियो । यी दुई देशबीचको पाँचौँ तथा अन्तिम...

भारत र वेस्ट इन्डिज आज तेस्रो टी–२० खेल्दै

काठमाण्डाै - भारत र वेस्ट इन्डिजबीचको तेस्रो टी–२० आज हुँदैछ । यो खेल बेलुका सवा ८ बजे शुरु हुनेछ । पाँच खेलको टी–२० शृङ्खलामा घरेलु टोली वेस्ट इन्डिजले २–० को अग्रता बनाएको छ । आजको खेल जितेमा वेस्ट इन्डिजले शृङ्खला जित्नेछ । शृङ्खला जोगाइराख्न भारतलाई आज जित्नैपर्ने दबाब छ । वेस्ट इन्डिजले पहिलो खेल ४ रन र दोस्रो खेल दुई विकेटले जितेको थियो । चौथो खेल शनिवार र पाँचौँ तथा अन्तिम टी–२० आइतवार हुनेछ । यसअघि भएको तीन खेलको एकदिवसीय शृङ्खला पाहुना टोली भारतले २–१ ले...

टी–२० विश्व कपको उपाधिका लागि आज इङ्ल्यान्ड र पाकिस्तान भिड्दै

काठमाडौं :  आईसीसी टी–२० विश्व कप क्रिकेटको उपाधिका लागि आज इङ्ल्यान्ड र पाकिस्तान भिड्दैछन्।  अस्ट्रेलियाको मेलबर्न मैदानमा खेल नेपाली समय अनुसार दिउँसो पौने दुई बजे सुरु हुनेछ। इङ्ल्यान्ड र पाकिस्तान तेस्रो पटक फाइनलमा पुगेका हुन्। यो संस्करणको विजेताले दोस्रो पटक उपाधि जितेर वेस्ट इन्डिजसँगको रेकर्ड बराबरी गर्नेछ। वेस्ट इन्डिज समूह चरणबाटै बाहिरियो।पाकिस्तानले सेमिफाइनलमा न्युजिल्यान्डलाई हराएको थियो भने इङ्ल्यान्डले भारतलाई १० विकेटले हराएको थियो। लगातार दुई खेलमा प

टी–२० विश्व कप क्रिकेटको उपाधिका लागि आज इङ्ल्यान्ड र पाकिस्तान खेल्दै

काठमाण्डाै - आईसीसी टी–२० विश्व कप क्रिकेटको उपाधिका लागि आज इङ्ल्यान्ड र पाकिस्तान खेल्दैछन् । फाइनल खेल अस्ट्रेलियाको मेलबर्न मैदानमा नेपाली समय अनुसार दिउँसो पौने दुई बजे सुरु हुनेछ । टी–२० विश्व कपको यो आठौँ संस्करण हो । इङ्ल्यान्ड र पाकिस्तान तेस्रो पटक फाइनलमा पुगेका हुन् । यो संस्करणको विजेताले दोस्रो पटक उपाधि जितेर वेस्ट इन्डिजसँगको रेकर्ड बराबरी गर्नेछ । वेस्ट इन्डिज समूह चरणबाटै बाहिरियो । पाकिस्तानले सेमिफाइनलमा न्युजिल्यान्डलाई हराएको थियो भने इङ्ल्यान्डले भारतलाई १० विकेटले हराएको थियो । लगातार ...

अन्तिम खेल अगावै भारतलाई सिरिज

वेस्ट इन्डिजविरुद्धको पाँच खेलको टी-ट्वान्टी सिरिज भारतले जितेको छ । शनिबार राति भएको चौथो खेलमा घरेलु टोलीलाई ५९ रनले पराजित गर्दै भारतले सिरिज एक खेल अगावै जितेको हो ।भारतले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ५ बल अगावै १ सय ३२ रनमा अलआउट भयो । त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो ।दुई टोलीबीचको पाँचौं तथा अन्तिम टी-ट्वान्टी आइतबार हुनेछ ।

वेस्ट इन्डिजसँगको पाँच खेलको टी–२० शृङ्खला भारतलाई

काठमाण्डाै - वेस्ट इन्डिजसँगको पाँच खेलको टी–२० शृङ्खला पाहुना टोली भारतले जितेको छ । गएराति भएको चौथो खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई ५९ रनले हराउँदै भारतले एक खेल अगाडि नै शृङ्खला जितेको हो । भारतले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १९ ओभर १ बलमा १ सय ३२ रनमा अलआउट भयो । वेस्ट इन्डिजका कप्तान निकोलस पुरन तथा रोभमन पावेलले समान २४/२४ रन बनाए । भारतका अर्शदीप सिंहले ३ विकेट लिए । त्यस्तै अक्षर पटेल, रवि विष्नोइ तथा आभेस खानले समान २/२ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ ...

वेस्ट इन्डिज-भारत वनडे शृंखला : भारतसँग ६ विकेटले वेस्ट इन्डिज पराजित

भारतले पहिलो एकदिवसिय खेलमा भ्रमणकारी वेस्ट इन्डिजलाई ६ विकेटले सहजै पराजित गरेको छ। यससँगै ३ खेलको शृंखलामा भारतले १-० को अग्रता पनि लिएको छ।५० ओभर पूरा खेल्न नसकेको वेस्ट इन्डिजले पहिलो ब्याटिङ गर्दै १ सय ७६ रनको झिनो स्कोर बनाएको थियो।भारतले ४ विकेट मात्र गुमाएर १ सय ७८ रन बनाउँदै खेल जितेको हो।सूर्यकुमार यादवले फ्याबिएन एलनको बललाई ब्याकवार्ड प्वाइन्टमा चौकाका लागि स्क्वायर ड्राइभ गरेर भारतलाई जिताएका थिए।४ विकेट लिएका र एकदिवसीय क्रिकेटमा सय विकेट पूरा गरेका यजुर्वेन्द्र चहल म्यान अफ द