भारत र वेस्ट इन्डिज आज तेस्रो टी–२० खेल्दै

काठमाण्डाै - भारत र वेस्ट इन्डिजबीचको तेस्रो टी–२० आज हुँदैछ । यो खेल बेलुका सवा ८ बजे शुरु हुनेछ । पाँच खेलको टी–२० शृङ्खलामा घरेलु टोली वेस्ट इन्डिजले २–० को अग्रता बनाएको छ । आजको खेल जितेमा वेस्ट इन्डिजले शृङ्खला जित्नेछ । शृङ्खला जोगाइराख्न भारतलाई आज जित्नैपर्ने दबाब छ । वेस्ट इन्डिजले पहिलो खेल ४ रन र दोस्रो खेल दुई विकेटले जितेको थियो । चौथो खेल शनिवार र पाँचौँ तथा अन्तिम टी–२० आइतवार हुनेछ । यसअघि भएको तीन खेलको एकदिवसीय शृङ्खला पाहुना टोली भारतले २–१ ले...