आफ्ना संस्थापक नेताले राजनीति शुरु गरेको विराटनगरलाई धेरै कांग्रेसीहरुले पार्टीको किल्ला मान्ने गरेका छन्। पहिलो संविधान सभामा त्यहाँ गुमेको पार्टीको साख कांग्रेसले दोस्रो संविधानसभा चुनावमार्फत फर्कायो। तर यसपटक आफ्नो प्रभाव कायम राख्न उक्त दल फेरि विफल भएको छ।