बुद्ध एयरले पोखराबाट भरतपुर र भैरहवा उडान गर्ने, यस्तो छ भाडादर

बुद्ध एयरले पोखराबाट चितवनको भरतपुर र भैरहवा सीधा उडान गर्ने भएको छ । पोखरालाई चितवनको पर्यटकीय क्षेत्र सौराहासहित अर्को गन्तव्य लुम्बिनी जोड्ने गरी भदौ ३० गते देखि उठान सुरु गर्ने लागेको हो । भदौ ३० गते देखि पोखराबाट भरतपुर र भैरहवासम्म सीधा उडान गर्न लागेको बुद्ध एयरका पोखराका स्टेसन म्यानेजर गौतम बरालले जानकारी दिए ।…

सम्बन्धित सामग्री

थाई एयर एसियाको भैरहवा-बैङ्कक उडान सुरु, एकतर्फी भाडादर १२ हजार

थाई एसिया एयरलाइन्सले बैङ्कक–भैरहवा–बैङ्कक उडान आजदेखि सुरु गरेको छ । आज बिहान ६ः५५ बजे थाई एसियाको विमान चालक दलका सात सदस्यसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । “सुरुमा परीक्षण उडानका रूपमा चालक दलका सदस्यसहित थाई एसियाको एयरबस ए–३२० गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थमा अवतरण गरेको हो”, विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले भन्नुभयो, “अब २३ कात्तिकदेखि सातामा […]

क्वालालाम्पुर–भैरहवाको हवाई भाडा ११ हजार ४६१ रुपैयाँ तोकियो

११ जेठ, काठमाडौं । नेपाल वायुसेवा निगमले उडान विस्तार गर्न लागेको क्वालालाम्पुर–भैरहवा रुटको प्रमोशनल भाडादर झनै घटेको छ । सुरुवातमा १२ हजार ७ सय रुपैयाँ तोकेको यस रुटको भाडा अब ११ हजार ४६१ रुपैयाँमा झारिएको निगमले जनाएको छ । काठमाडौंबाट क्वालालाम्पुर जाने ए३२० जहाज क्वालालाम्पुरबाट भैरहवा अवतरण गर्ने छ । त्यसपछि सो जहाज भैरहवाबाट काठमाडौं […]

नेपाल एअरलाइन्सले १२ हजार ७ सय रुपैयाँमै मलेसिया भैरहवा उडाउने

काठमाण्डौ – राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले यही जेठ २९ गतेदेखि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ । त्यस अवसरमा निगमले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर १२ हजार सात सय रुपैयाँ कायम गरेको छ । यो मलेसियाबाट भैरहवा उडानका लागि मात्र हो ।‘नेपाल एअरलाइन्सले भैरहवा–मलेसिया र मलेसिया–भैरहवा–काठमाण्डौ रुटमा यही जेठ २९ देखि उडान सुरु गर्दैछ, त्यस अवसरमा मलेसिया–भैरहवा–काठमाण्डौका लागि अत्यन्तै सस्तो शुल्कमा टिकट उपल...

बुद्धको भद्रपुर–पोखरा उडान वैशाख २ देखि

काठमाडौं । बुद्ध एयरले वैशाख २ गतेदेखि भद्रपुरबाट दैनिक पोखरा सीधा उडान गर्ने भएको छ । उक्त रूटमा जहाज सञ्चालनका लागि कम्पनीले उडान तालिकासहित भाडादर पनि सार्वजनिक गरेको छ । बुद्ध एयरले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै नयाँ वर्ष २०७९ को अवसर पारी यो रूटमा उडान गर्ने जानकारी दिएको हो । यस रूटका लागि बुद्धले शुरुआती भाडादर रू. ६ हजार ९०० कायम गरेको छ । कम्पनीका अनुसार पोखराबाट भद्रपुर दिउँसो १ बजेर २५ मिनेट र भद्रपुरबाट पोखरा दिउँसो ३ बजे उडान हुने तालिका छ । यो रूटको उडानबाट दुवै प्रदेशका बासिन्दा मात्र लाभान्वित नभई सीमापारि सिलगढी, दार्जिलिङ, सिक्किमबाट पनि पर्यटकहरू भित्रिन सजिलो हुने कम्पनीको दाबी छ । सीमापारिबाट आएका पर्यटकहरू भद्रपुरबाट सिधा पोखरा जान सक्नेछन् । भद्रपुर वरिपरि रहेको विभिन्न पर्यटकीय तथा धार्मिक गन्तव्यका साथै इलामका चियाबगान, हिमश्रृंखलाहरूको पनि पर्यटकले अवलोकन गर्न सक्ने कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ । बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक होलिडे प्याकेजहरू ल्याएको छ । भद्रपुर–पोखराका लागि रू. १५ हजारमा २ रात ३ दिनको प्याकेज बुद्ध होलिडेजले सार्वजनिक गरेको छ । उक्त प्याकेजमा दुईतर्फी हवाई टिकट, पोखरा विमानस्थलबाट होटल तथा होटलबाट पोखरा विमानस्थलसम्म गाडी सुविधा, वातानुकूलित ट्वीन शेयरिङ रूम र बिहानको ब्रेकफास्ट हुने कम्पनीले उल्लेख गरेको छ । बुद्ध एयरले काठमाडौंबाहेक पोखरालाई देशका विभिन्न प्रदेशसँग सीधा उडानले जोड्दै आएको छ । कम्पनीले यसअघि नै भैरहवा, भरतपुर, नेपालगञ्ज, सिमरा, धनगढी र जनकपुरबाट सीधा पोखरा उडान विस्तार गरिसकेको छ । बुद्ध एयरसँग ७२ सिटे एटीआर–७२ जहाज ११, ४२ सिटे एटीआर–४२ जहाज ३ र दुईओटा बीचक्राफ्ट जहाज छन् ।

गुण एयरलाइन्सले सुर्खेत–काठमाडौं नियमित उडान गर्ने

वीरेन्द्रनगर (अस) । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले दशैंअगावै सुर्खेत–काठमाडौं नियमित उडान सुरु गर्ने गरी तयारी थालेको छ  । देशका पाँच वटा गन्तव्यमा उडान भर्ने गरी गृहकार्य अन्तिम चरणमा पुगेको गुण एयरलाइन्सका प्रवक्ता प्रज्ज्वल थापाले जानकारी दिए । एयरलाइन्ससँग हाल पाँच वटा जेट इन्जिन र दुई ट्वीनअटर जहाज छन् । उनका अनुसार सुरुआती उडान सुर्खेत, पोखरा, भरतपुर चितवन, भैरहवा र नेपालगञ्जमा गर्ने योजना छ । नागरिक उड्डयन प्राधिकरणसँग अनुमति पाइसकेकाले केही दिनमा सुर्खेतमा परीक्षण उडान गर्न लागेको प्रवक्ता थापाले बताए । ‘कर्णाली पर्यटनका लागि भर्जिन गन्तव्य हो । काठमाडौं आएका पर्यटकलाई सीधै सुर्खेत पु¥याउन गुण एयरलाइन्स मजुबत बनेर जुट्दै छ’, थापाले भने । उद्योग वाणिज्य महासंघ कर्णालीका अध्यक्ष पदमबहादुर शाहीले गुण एयरलाइन्सले सेवा सुरु गरेपछि निरन्तरता दिनुपर्ने बताए । सुर्खेत–काठमाडौं र काठमाडौं–सुर्खेत उडान दैनिक एउटा हुनेछ । ‘सुर्खेत–काठमाडौंको भाडादर भने अहिले नै तय भइनसकेको छैन । तर, हाल कायम रहेभन्दा केही सस्तो हुन्छ,’ प्रवक्ता थापाले भने ।

साउन ३१ गतेदेखि भरतपुर-भैरहवा उडान शुरु गर्दै बुद्ध एयर

साउन २०, चितवन । यही साउन अन्तिमबाट बुद्ध एयरले भरतपुर-भैरहवा उडान गर्ने भएको छ । बुद्ध एयरले क्षेत्रीय विमानस्थलहरुलाई जोड्नुका साथै टुरिजम क्षेत्रलाई जोड्ने उद्धेश्यसहित भरतपुर–भैरहवा रुटमा उडान गर्न लागेको हो । बुद्ध एयरले भैरहवा उडान जोडेपछि देशका मुख्य पर्यटकीय स्थल पोखरा, लुम्बिनी, काठमाडौं र सौराहा लगायतका पर्यटकीय क्षेत्र जोडिने विमानस्थल प्रमुख योगेन्द्र कुँवरले बताए ।  ‘अहिले बुटवल नारायणगढ सडक निर्माणाधीन पनि छ, कुँवरले भने, उडान चलेपछि दुवै तिरका यात्रुलाई सहज पनि हुन्छ । ’ बुद्ध एयर भरतपुरका प्रबन्धक  भक्तबहादुर बस्नेतले साउन ३१ बाट यो उडान हुने मिति तय भएको जानकारी दिए । उनका अनुसार आइतवार, बुधवार र शुक्रवार १८ सिटे जहाज चल्ने गरि उडान तालिका तय भएको छ । यसअघि बुद्ध एयरले भरतपुर-काठमाडौं र भरतपुर–पोखरा रुटमा उडान गर्दै आइरहेको छ ।  केही दिन अघिबाट यति एयरलाईन्सले आफ्नो उडान स्थगित गरेपछि बुद्ध एयरले हाल भरतपुर-काठमाडौं ९ ओटा उडान र भरतपुर–पोखरा एउटा उडान हुँदै आएको छ ।  भरतपुर भैरहवाको लागि भाडादर जहाजको अकुपेन्सी अनुसार निर्धारण गरिएको बस्नेतले बताए । जसअनुसार यात्रुको लागि तीन किसिमको  भाडादर निर्धारण गरिएको छ । ‘कम्पनीले चार हजार ३३५, तीन हजार ३३५ र दुई हजार ८३५ भाडादर निर्धारण गरेका छौं, बस्नेतले भने, यसका लागि बी फेयर, ए फेयर र वाई फेयर गरेर वर्गीकृत गरेका हौं । ’ बुटवल नारायणगढ सडकखण्डका कारण यात्रुहरुको माग र आवश्यकता हेरेर पनि कम्पनीले भरतपुर भैरहवा उडान जोड्न लागेको बस्नेतको भनाइ छ ।

आन्तरिक उडान सञ्चालन गर्ने तयारीमा हवाई कम्पनीहरु

असार १२, काठमाडौं । मुलुकको आन्तरिक हवाई उडान यही असार १७ गतेदेखि सञ्चालन हुने निर्णय भएसँगै आन्तरिक उडानका एयरलाइन्स जनस्वास्थ्यको मापदण्डको परिपालना गर्दै उडानको तयारीमा जुटेका छन् ।             आन्तरिक उडानका अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलगायत एयरलाइन्सले संक्रमणरहित उडानका लागि आवश्यक तयारी गरेका हुन् । ती एयरलाइन्सले यसअघिको कोभिड–१९ महामारीको पहिलो लहरपछिको उडानमा अपनाइएको स्वास्थ्य प्रोटोकललाई पूर्ण रुपमा पालना गर्दै उडान सञ्चालन गरिने बताएका छन् ।             एयरलाइन्सले यात्रुको सुरक्षा र जनस्वास्थ्यको मापदण्डलाई प्रभावकारी रुपमा पालना गरी उडान सञ्चालन गर्नेगरी टिकट बुकिङ पनि शुरु गरिसकेका छन् । बुद्ध एयरले आइतवारदेखि औपचारिक रुपमा कार्यालय सञ्चालन गर्ने बताएको छ । निषेधाज्ञाका कारण अनौपचारिक रुपमा सीमित संख्याका कर्मचारीमार्फत सेवा सञ्चालन गरिरहेका एयरलाइन्सले उडान खुल्ने भएपछि कार्यालय सञ्चालन तथा यात्रुको सहजताका लागि बुकिङ पनि शुरु गरिएको बताएका छन् ।             अघिल्लो महामारीपछिको उडानमा हवाई भाडामा भारी छुटका साथ उडान गरेका एयरलाइन्सले पछिल्लो उडानमा हवाई भाडा केही मात्रामा बढ्नसक्ने बताएका छन् । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेकाले साबिकको हवाई भाडादर केही वृद्धि हुने बुद्ध एयरले बताएको छ ।             संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि असार १७ देखि कुल उडान संख्याको ५० प्रतिशत नबढ्ने गरी आन्तरिक उडान सञ्चालन गर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन दिएको थियो । उक्त निर्णयबमोजिम क्यानले एयरलाइन्सलाई उडान कोटा निर्धारण गरेको छ ।             अहिलेको अवस्थामा बुद्ध एयरले जम्मा ३१ ओटा उडान गर्नेछ । कम्पनीले काठमाडौंदेखि विराटनगर गन्तव्यमा दैनिक चार, भद्रपुर तीन, तुम्लिङटार एक, जनकपुर तीन, पोखरा तीन, भैरहवा पाँच, धनगढी दुई र सुर्खेत एक उडान गर्ने तालिका बनाएको छ ।             यस्तै यती एयरलाइन्सले कुल १५ ओटा उडान गर्नेछ । यतीले विराटनगर तीन, भद्रपुर दुई, जनकपुर दुई, सिमरा दुई र पोखरा दुई उडान तालिका बनाएको छ । श्री एयरलाइन्सले सात, सौर्य एयरलाइन्सका तीन उडान तालिका छन् ।             कोभिड महामारी नियन्त्रण गर्न सरकारले गत वैशाख २० गतेदेखि आन्तरिक तथा वैशाख २३ गतेदेखि अन्तरराष्ट्रिय उडान स्थगन गरेको थियो । कोभिडका संक्रमित बढेसँगै सरकारले गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको थियो ।   रासस

भरतपुर – भैरहवा उडान थप गर्दै बुद्ध एयर

वैशाख ७, चितवन । यसअघि भरतपुर– काठमाडौं गर्दै आएको बुद्ध एयरले  थप भरतपुर - भैरहवा उडान गर्ने भएको छ । यात्रुहरुको माग र आवश्यकतालाई ध्यानमा राखी उडान सञ्जाल विस्तार गर्दै जाने हेतुले भरतपुर - भैरहवा उडान थप गरिन लागिएको कम्पनीले बताएको छ ।  वैशाख १८ गतेबाट भरतपुर भैरहवामा सेवा सञ्चालन गर्न लागिएको बुद्ध एयरका भरतपुरका प्रबन्धक भक्त बहादुर बस्नेतले जानकारी दिए । ‘पहिलेदेखि कम्पनीको उडान सञ्जाल विस्तार गर्ने कम्पनीको योजना पनि थियो ’, उनले भने, भैरहवाबाट भरतपुर र भरतपुरबाट भैरहवा जाने यात्रुहरुको माग पनि उत्तिकै छ ।’  भरतपुर भैरहवा उडान शुरु गर्ने वित्तिकै लुम्बिनीको पर्यटकीय गन्तव्य र चितवनको पर्यटनमा पनि टेवा पुग्ने उनको भनाइ छ ।  नारायणगढदेखि  बुटवल जाने सडक हाल स्तरोन्नति र निर्माण कार्य भएकोले यो उडानले यात्रुलाई केही सहज हुने उनले बताए । उनका अनुसार शुरुवाती क्षणमा कम्पनीको १८ सिटे जहाजबाट एउटा उडानबाट मात्र सेवा दिइनेछ ।  भरतपुर– भैरहवाको उडान भाडादर ३ हजार १०० रुपैयाँदेखि ३ हजार ५०० रुपैयाँसम्म हुन सक्ने उनले बताए ।  भरतपुर विमानस्थलका प्रमुख योगेन्द्र कुवँरले बुद्ध एयरको  भरतपुरबाट देशका अन्य शहर तथा जिल्लामा उडान सञ्जाल बढ्नु यात्रु तथा कम्पनी सबैलाई लाभ हुने बताए । ‘उडान विस्तारले यात्रुलाई सहज पनि हुन्छ’, उनले भने, ‘देशका प्रमुख शहर तथा जिल्लालाई जोड्न समेत सहयोग पुग्नेछ ।’ हाल कम्पनीले  दैनिक भरतपुर–काठमाडौं सात ओटासम्म र भरतपुर–पोखरा एउटा उडान गर्दै आएको छ ।

पोखरालाई ‘बेस–हब’ बनाएर प्रदेश उडानमा बुद्ध एयर

काठमाडौं । निजीक्षेत्रको हवाई सेवाप्रदायक कम्पनी बुद्ध एयरले पोखरालाई  ‘बेस–हब’ बनाएर प्रदेशस्तरमा उडान गर्ने भएको छ । कम्पनीले गण्डकी, लुम्बिनी र बागमती प्रदेशका विमानस्थलबाट चार गन्तव्यमा परीक्षण उडान गर्न लागेको हो । कम्पनीले मे १ अर्थात् वैशाख १८ गते शनिवादेखि पोखराबाट प्रदेश २ को सिमरा, पोखराबाटै प्रदेश १ को विराटनगर, पोखरा–नेपालगञ्ज (लुम्बिनी प्रदेश) र बागमती प्रदेशको भरतपुरबाट लुम्बिनीको  भैरहवा उडान गर्नेछ । कम्पनीले अहिले काठमाडौं बेस बनाएर यी स्थानमा नियमित उडान गर्दै आएको छ । कम्पनीले उक्त गन्तव्यका लागि भाडादर पनि तोकेको छ । यसमध्ये पोखरा–विराटनगरको भाडा न्यूनतम ६ हजारदेखि अधिकतम १० हजार ८०० रुपैयाँसम्म तोकिएको छ । यसैगरी पोखरा–नेपालगञ्जका लागि न्यूनतम ४ हजार ५०० देखि अधिकतम ७ हजार २००, पोखरा–सिमराका लागि न्यूनतम ४ हजार ३०० देखि अधिकतम ६ हजार ७०० सम्म, पोखरा–भैरहवाको न्यूनतम ३ हजार १०० देखि अधिकतम ३ हजार ९०० रुपैयाँ कायम गरिएको छ । अन्य गन्तव्य तुम्लिङटार–विराटगनगरको भाडादर न्यूनतम २ हजार ५०० देखि  अधिकतम ३ हजार २०० र भैरहवा–भरतपुरको न्यूनतम २ हजार ५०० देखि अधिकतम ४ हजार रुपैयाँसम्म निर्धारण गरिएको कम्पनीले उल्लेख गरेको छ । उक्त भाडादर एटीआर–७२ को सञ्चालन खर्चमा आधारित रहेको कम्पनीका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बताए । वैशाख १८ गतेदेखि हुने यी गन्तव्यको उडान भने सानो जहाज ‘बीचक्राफ्ट’बाट गरिने कम्पनीले जानकारी दिएको छ । अन्तरप्रदेशीय उडानमा प्रदेश सरकार र संघीय सरकारले पनि विशेष सहुलियत दिनुपर्ने कम्पनीको माग छ । मे १५ सम्म थप एउटा नयाँ जहाज ल्याउन लागिएको कम्पनीका प्रबन्ध निर्देशक बस्नेतले जानकारी दिएका छन् । पोखरा काठमाडौंपछिको ठूलो शहरको रूपमा रहेको र यसलाई बेस–हब बनाउँदै उडान गर्ने रणनीति रहेको भनाइ छ । उनका अनुसार हाल दैनिक १२० भन्दा बढी उडान र ६ हजार ५०० भन्दा बढी यात्रुको आउजाउले स–साना होटलदेखि पर्यटकीय गाडीलाई समेत रोजगारी सृजना गरेको छ । कम्पनीले नेपालमा कोरोना संक्रमणको शुरुआतदेखि नै ‘कोभिडविरुद्ध सुरक्षा निर्देशिका’, जनशक्तिलाई तालीम, पीपीईको व्यवस्था, बीमा र त्यसै अनुरूपको हवाई सेवालाई अहिले पनि जारी राखेको उनले बताए ।

अाजदेखि बुद्ध एयरबाट पोखरा–भरतपुर–भैरहवा हवाई उडान सुरू, कति छ भाडादर?

बुद्ध एयरले आजदेखि पोखराबाट भरतपुर र भैरहवामा हवाई उडान सुरू गरेको छ । उक्त कंपनीले आज बिहान १० बजे पोखराबाट भरतपुरका लागि पहिलो हवाई उडान सुरू गरेको स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिए । त्यस्तै, ११ः२२ बजे अर्को विमान पोखराबाट भैरहवाका लागि उडेको छ । उन्नाइस सिट क्षमताको सो विमान पोखराबाट भरतपुर पुग्न १५ मिनेट…