लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले स्थानीय तहको पालिका संयोजक तोकेर तदर्थ समिति गठन गर्न पार्टीका जिल्ला कमिटीलाई निर्देशन दिएका छन् । स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै अध्यक्ष ठाकुरले सो निर्देशन दिएका हुन् । जनता समाजवादी पार्टी नेपालबाट अलग भएर लोसपा गठन गरेपछि प्रदेश, जिल्ला, पालिका समायोजन हुन बाँकी छ । तर चुनावको मिति घोषणा भइसकेकाले तत्कालै तदर्थ समिति गठन गर्न उनले निर्देशन दिएका हुन् ।पालिकाको तदर्थ समिति गठन गरी केन्द्रलाई जानकारी गराउने त्यसपछि वडा समितिहरु गठ