काठमाडौंको तारकेश्वर नगरपालिकाले ‘एक घर, एक धारा’ अभियानका लागि रु ६ करोड बजेट विनियोजन गरेको छ । तारकेश्वर नगरपालिकाभित्र देखिएको खानेपानी समस्या न्यूनीकरण गर्न संघ र प्रदेश सरकारसँगको समन्वयमा नगरपालिकाको लगानीमा पहिलो कार्यपालिकाको बैठकको निर्णयलाई कार्यान्वयन गर्न चालु आर्थिक वर्षमा रु ६ करोड बजेट विनियोजन गरेको हो ।नगरपालिकाभित्र खेलकुद विकासका लागि सुदर्शन स्मृति रङ्गशाला, पिपलडाँडा खेल मैदान र डाँडागाउँ खेल मैदानलाई चालु आवमा रु पाँच करोड ५० लाख रकम विनियोजन गरेको नगरप्र