हलिउड शो ‘द सोप्रानोस’ की अभिनेत्री एनाबेल स्कियराले हालै मात्र अमेरिकी अदालतमा रुँदै वेन्स्टिनद्वारा आफूमाथि गरिएको दर्दनाक अपराधका बारेमा बयान दिएकी छन् । उनले हार्वेले आफूलाई बलात्कार नै गरेको दाबी गरेकी छिन् । हार्वे उनको न्युयोर्कको अपार्टमेन्टमा मध्यराति जबर्जस्ती घुसेर आफूसँग जबर्जस्ती गरेको बताएकी छन् ।