काठमाण्डाै – नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले गुटगत गतिविधि गरेको भन्दै वरिष्ठ नेता माधव कुमार नेपालसहितका पाँच जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकले गुटगत गतिविधि गरेर पार्टी विधान विपरितका काम गरेको भन्दै वरिष्ठ नेता माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको एक नेताले जानकारी दिएका छन् ।यस्तै बैठकमा अध्यक्ष केपी शर्मा ओलीलाई थप शक्तिशाली बनाउने केहि प्रस्तावमा पनि छलफल भइरहे...